तत्कालीन एमाले र माओवादी केन्द्र विच पार्टि एकता हुँदा आधा आधा समय सरकारको नेतृत्व गर्ने सहामति भएको नेकपा अध्यक्ष पुष्पकमल दाहालको खुलासा , आगामी १५ महिना पछि केपि ओलीले आफुलाई सत्ता हस्तान्तरण गर्ने विश्वास ।

0
1851

जेठ १६/
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नु भएको छ । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै दाहालले सो सहमति केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ वायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि नटिक्ने दाहालको भनाइ छ ।
एक सञ्चारमाध्यमलाई अन्तरवार्ता दिने क्रममा अध्यक्ष दाहालले पार्टी अध्यक्षको जिम्मेवारी आफूले पाएको खण्डमा ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री मान्न सकिने पनि बताउनु भयो ।
तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता घोषणा हुनुभन्दा एक दिनअघि ०७४ साल जेठ २ गते दाहाल र ओलीवीच गोप्य सम्झौता भएको थियो, जसको चौथो बुँदामा आलो–पालो सरकारको नेतृत्व गर्ने भनिएको थियो ।
गोप्य सहमितमा दाहाल र ओलीले हस्ताक्षर गर्नु भएको छ भने साक्षिका रुपमा विष्णु पौडेल र जनार्दन शर्माको समेत हस्ताक्षर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here