आगामी आर्थिक बर्षका लागि १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत

0
475

१५ जेठ, काठमाण्डौ । सरकारले आगामी आर्थिक बर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा पेस गरेको उक्त बजेटमा चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको छ । समग्रमा यो बजेट चालु आर्थिक बर्षको भन्दा २६ प्रतिशतले बढी हो । बजेटका लागि राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले जानकारी दिएका छन । राजस्व र वैदेशिक अनुदानबाट जुटाइने रकमपछि बजेटमा ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ अपुग हुनेछ । जसको पूर्ति वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ जुटाइनेछ । त्यसबाट पनि अपुग हुने १ खर्ब ९५ अर्ब रुपैयाँ भने आन्तरिक ऋण उठाइने बताइएको छ । बजेटमा ५ लाख युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रम समेटिने उल्लेख छ भने बृद्धभत्ता एक हजार रुपैयाँ बढाएर ३ हजार रुपैयाँ पुर्‍याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here