दमक ८ को बृहत सरसफाई सप्ताह अभियान समापनका अवसरमा वडा भित्रका टोलविकास संस्थालाई ३ सय वटा डस्टविन वितरण

0
1201

जेठ १६/
दमक वडा नम्बर ८ ले सञ्चालन गरेको बृहत सरसफाई सप्ताह अभियानलाई आज समापन गरेको छ । वडा भित्रका सम्पुर्ण नागरिकहरुलाई सरसफाई सम्बन्धि सचेतना जगाउँदै स्वच्छ वड बनाउन सञ्चालन अभियानलाई आज एक कार्यक्रमका विच सम्पन्न गरिएको वडा सचिव निधिनारायण ढुंगेलले जानकारी दिनुभयो । गत जेठ १० गते देखी सञ्चालन गरिएको अभियानमा निशुल्क स्वास्थ्य शिबिर संगै वडाका सबै टोलमा पुगेर सफाई अभियान सञ्चालन गरिएको वडाको स्वास्थ्य तथा सरसफाई समितिका सदस्य भरत चौलागाईंले जानकारी दिनुभयो ।
दमक नगरपालीकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा आज सम्पन्न कार्यक्रममा वडा भित्र रहेका ३० वटा टोल विकाश समितिहरुलाई डस्टविन वितरण गरिएको थियो । प्रति टोल विकाश संस्था १० वटा का दरले ३ सय वटा डस्टविन वितरण गरिएको अभियाका सदस्य चेतना निरौलाले जानकारी दिनुभयो । त्यसैगरी बिभिन्न संघ संस्थाहरुको सहकार्यमा स्टेन सहितका १० वटा डस्टविन पनि सार्वजनिक स्थानमा राखिएको उहाँले बताउनु भयो । वडालाई सफा राख्न घरलाईनै सफा राख्नु पर्छ भन्ने उद्देस्य सहित सञ्चालन गरिएको अभियानले वडाबासीलाई सरसफाई सम्बन्धि सचेतना जगाएको सदस्य निरौलाले बताउनु भयो । औपचारीक अभियानलाई आज समापन गरिए पनि वडालाई सफा गर्ने कार्यक्रम भने निरन्तर रहने वडाध्यक्ष पशुपतिराज गौतमले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here