गणतान्त्रीक आन्दोलनलाई व्यंग गर्नेहरु नेतृत्वमा पुग्दा नागरिकले गणतन्त्रको महसुस नर्ग नपाएको दमकका समाजिक अगुवाहरुको भनाई

0
664

जेठ १५/
मुलुकमा गणतन्त्र आएको १२ बर्ष पुगे पनि नागरिकहरुले भने अझै पनि वास्तविक गणतन्त्रको अनुभुती गर्न नपाएको दमकका सामाजिक अगुवाहरुले बताएका छन् । नेतृत्वले नागरिकको अपेक्षा अनुसार काम नगर्दा गणतन्त्रको वास्तविक अनुभुती नागरिकले गर्न नपाएको उनिहरुको गुनासो छ । मुलुकको राजनैतिक परिवर्तनमा सबै नागरिकको उत्तिकै भुमिका भए पनि सिमित व्यक्तिले मात्रै हालिमुहाली गर्दा नागरिकमा एउटा राजा फालेर धेरै राजा ल्याएको अनुभुति भएको समाजिक अगुवाहरुले बताएका छन् । नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकका सभापती प्रकास बुढाथोकीले राजनितिक परिवर्तन भए पनि जनताको जिवनस्तरमा परिवर्तन नहुँदा नागरिक निराश बन्दै गएको बताउनु भयो । गणतन्त्र आएपछि मुलुकले बिकाशको फड्को मार्नेमा आशाबादी भएका नागरिकहरु भ्रष्टाचार र बेथिति बढ्दा झन निराश बन्दैगएको बताउनु भयो । लायन्स क्लब अफ सेविका दमककी संस्थापक अध्यक्ष रेगिना भट्टराई प्रसाईं पनि दुई तिहाई बहुमत प्राप्त सरकारले बिकाश र मुलुकको प्रगतिमा दुईतिहाई प्रयोग गर्नु पर्नेमा भ्रष्टाचार र कमिशनमा दुई तिहाईको प्रयोग गर्दा नागरिकमा निराशा बढेको बताउनु हुन्छ । वर्तमान सरकारले माफिया र तस्करलाई फाईदा पुग्ने गरी काम गरेको र सत्तारुढ दलकै प्रभाबसाली नेताहरु सरकारी जग्गा आफ्नो नाममा पार्ने काममा लागेकोले गणतन्त्रको अनुभुति नागरिकले गर्न नपाएको बताउनु हुन्छ । त्यस्तै गणतान्त्रीक सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न थालेको र स्वतन्त्र प्रेसलाई आफ्नो ईसारामा चलाउन प्रयास गरेकोले गणतन्को अनुभुति जनताले गर्न नपाएको युवाका लागी सञ्चार अभियानका सचिव पर्शुराम रिजालले बताउनु भयो । परिवर्तनका लागी लडेको योद्धाहरु घाईते शरिर लिएर ओछ्यानमै छट्पटिनु पर्ने र गणतान्त्रीक आन्दोलनलाई बयलगाडाको उपमा दिनेहरु सत्ताको हालिमुहालीमा पुग्दा पनि नागरिकले गणतन्त्रको अनुभुति गर्न नपाएको उहाँको टिप्पणी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here