विप्लवको बन्दले जनजीवन प्रभावित

0
1011

१३ जेठ, काठमाण्डौ ।राजनीतिक उद्देश्य प्राप्तिका लागि लड्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई सरकारले गत फागुन अन्तिम साता प्रतिबन्द लगायो । चन्द नेतृत्वको नेकपाको गतिविधि आपाराधिक भएको ठहर गर्दै सरकारले गत फागुन २८ गते यता उसलाई राजनीतिक दलको नभई अपराधिक समुहको दर्जा थियो । लगत्तै विप्लवका कार्यकर्ता प्रहरी धरपकडमा पर्ने क्रम जारी छ । यही श्रृंखला जारी रहँदा विहिबार भोजपुरमा विप्लवका कार्यकर्ताको मृत्यु भयो । विप्लव कार्यकता तिर्थ घिमिरेको मृत्यु प्रहरी मुठभेडमा भनिए पनि उसले त्यसलाई अस्विकार मात्र गरेन प्रहरीले जानाजान मारेको आरोप समेत लगायो । तिर्थ घिमिरेको मृत्यु प्रकरणको उत्कर्ष सोमबारको बन्दसम्म आइपुगेको छ । सरकारलाई दबाब दिन गरिएको यो बन्दको प्रभाव भने आमजनमानसमा परेको छ । यसमा पनि अत्यावश्यक सेवा भनिने अस्पतालको सेवा तथा शान्ति क्षेत्र भनिने विद्यालयको सेवा ठप्प प्रायः भएको छ । बन्दका कारण पर्याप्त सवारीसाधन नचल्दा उपचारका लागि अस्पतालसम्म पुग्न नै सर्वसाधारणलाई असहज भएको छ । बन्द सफल बनाउने अभिष्टका साथ आइतबार काठमाण्डौका विभिन्न ठाउँमा राखिएको बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएपछि विद्यालय सञ्चालकहरु त्रस्त भए । यसैकारण सोमबार विद्यालय नखुल्दा लाखौं विद्यार्थी अध्ययनबाट बञ्चित भएका छन । जसले शान्ति क्षेत्र भनिने शैक्षिक क्षेत्रका प्रति राजनीतिक दलहरुको प्रतिबद्धतामाथी नै धावा बोलेको छ ।

बन्दकै कारण सेवा क्षेत्रको रुपमा चिनिएको पर्यटन क्षेत्र समेत प्रभावित भएको छ । पर्यटकलाई विभिन्न स्थानमा घुमाउन लानेहरुले प्रहरी स्कटिङको सहयता लिएको विवरणहरु प्राप्त भएका छन । जसले सेवा क्षेत्रमा आबद्धहरुलाई निराश बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here