मेक्सिकोकी बाताबरण मन्त्री जोसेफा, जसले आफ्ना कारण उडान ढिलाई हुँदा दिइन राजिनामा

0
2027

१२ जेठ, एजेन्सी मेक्सिकोकी वातावरण तथा प्राकृतिक संशाधनमन्त्री जोसेफा गोन्जालेज ब्लांकोले आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएको भन्दै पदबाट राजीनामा दिएकी छन् । ब्लांकोले राष्ट्रपति आन्द्रेज म्यानुअल लोपेज ओब्रादोरलाई राजीनामा बुझाएकी हुन् । गएको शुक्रबार उनका कारण विमानस्थलको एक व्यावसायीक जहाज उड्न ४० मिनेट ढिला भएको थियो । ‘राष्ट्रपतिको विशेष आग्रह’ का कारण भएको भनिएको उक्त ढिलाईपछि उनको आलोचना शुरु भएको थियो । मन्त्री ब्लांकोले आफ्ना कारण भएको ढिलाईप्रति माफी माग्दै राजीनामापत्र बुझाएको जनाइएको छ । उनले कुनै उच्च पदस्थ व्यक्तिका कारण यस्ता घटना हुन नहुने समेत जनाएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here