काठमाण्डौमा श्रृंखलाबद्ध बम बिस्फोट ४ जनाको मृत्यु

0
1289

१२ जेठ, काठमाण्डौ । काठमाण्डौको सुकेधारा र अनामनगरमा आइतबार दिउँसो भएका श्रृंखलाबद्ध बम बिस्फोटमा ४ जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन । बम बनाउने क्रममा बिस्फोट हुँदा सुकेधारामा ३ जनाको मृत्यु भएको छ ।

एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सुकेधारामा बिस्फोट भएकै समय आसपासमा अनामनगरमा पनि बिस्फोट हुँदा अर्का एक जनाको मृत्यु भएको छ । मृतक प्रज्वल शाही भएको प्रहरीले जनाएको छ । विप्लव समुहले सोमबारका लागि आह्वान गरिएको बन्दको पूर्बसन्ध्यामा बम बिस्फोट भएपछि सर्वसाधारण त्रसिद भएका छन । बिस्फोटमा विप्लव समुहकै संलग्नता रहेको प्रहरीले दावी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here