दमकका बिभिन्न सरकारी कार्यालयहरुमा बेथिति र भ्रष्टाचार बढेको नेपाली कांग्रेसको ठहर , सुरक्षाको प्रत्याभुति र भ्रष्टाचार नियन्त्रणको माग गर्दै संबन्धित कार्यालयमा ज्ञापनपत्र बुझाईयो

0
988

/जेठ १२/
नेपाली कांग्रेस दमकले आज दमकका बिभिन्न सरकारी कार्यालयहरुमा बेथिति बढेको भन्दै ज्ञापनपत्र बुझाएको छ । दमकको सुरक्षा व्यवस्था कमजोर भएको भन्दै ईलाका प्रहरी कार्यालय दमक र सेवाग्राहीलाई अनावस्यक झण्झट दिने र भ्रष्टाचार बढेको भन्दै दमकका मालपोत र नापि कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
नेपाली कांग्रेस नगर सभापती रोशन विष्ट, क्षेत्रीय सभापती ढुण्डीराज भण्डारी सहितका नेता कार्यकर्ताहरुले ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामल सुब्बालाई भेटेर ध्यानाकर्ष पत्र बुझाएका हुन् । केहिदिन अघि ईलाका प्रहरी कार्यालयमा नागरिकका गुनासाहरु लिएर गएका दमक वडा नम्बर ४ का कांग्रेस वडा सभापती राजेन्द्र सिटौलालाई प्रहरीले दुव्र्यबहार गरेको भन्दै आगामी दिनमा यस्ता घटना नदोरीन पनि कांग्रेस नेताहरुले खबरदारी गरेका छन् ।
त्यस्तै नगरको शान्तिसुरक्षा अमनचयन कायम गर्न समेत माग गरिएको नगर सभापति विष्टले जानकारी दिनुभयो । नगरमा पछिल्लो समय बलात्कार, चोरी, लुटपाट जस्ता अपराधिक घटना बढेकाले त्यसलाई नियन्त्रण गरि सुरक्षाको प्रत्याभूति दिन समेत प्रशासनको ध्यानकर्षण गरिएको पार्टीद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।
यसैगरि, आजनै कांग्रेस नगर समितिले दमकको मालपोत र नापी कार्यालयमा समेत जनताका काम छिटोछरितो गर्न तथा भ्रष्टचार नियन्त्रण गर्न ध्यानाकर्षण गरिएको सभापति विष्टले जानकारी दिनुभयो । जनतासंग प्रत्यक्ष जोडिएका मालपोत र नापी कार्यालयमा हुदैआएको ढिलासुस्ती र घुसखोरी कडाइका साथ रोकेर सेवा कार्य सम्पादनमा जोड दिन ध्यानाकर्षण गराईएको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here