आइपीएलको उपाधि मुम्बईलाई, चेन्नाई १ रनले पराजित

0
606

२९ बैशाख, काठमाण्डौ । मुम्बई इण्डियन्स आइपीएलमा सर्बाधिक सफल टिम बनेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा चेन्नइलाई एक रनले हराएसँगै चौथो पटक उपाधि जितेको मुम्बई सर्बाधिक सफल टिम बनेको हो । यसअघि चेन्नई र मुम्बई दुबैले तीन/तीन पटक उपाधि जितेका थिए । हैदाराबादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो ।  उसका लागि कारेन पोलार्डले नटआउट ४१, क्विन्टन डिककले २९ तथा इसान किसनले २३ रनको योगदान दिए । डिकक र कप्तान रोहित शर्माले ५ ओभरमा ४५ रनको साझेदारी गर्दै उच्च योगफलतर्फ डोहोर्‍याउँदै गर्दा चेन्नाईका सार्दुल ठाकुरले डिकको विकेट लिए । उनले कुनाल पाण्डेयाको समेत विकेट लिए । डिकक पेभेलिएन फर्किए मुम्बइले ५ दशमलव २ ओभरमा कप्तान रोहित शर्मालाई १५ रनमा गुमायो । रोहितलाई दिपक चहरले आउट गरे । उनले हार्दिक पाण्डेया र राहुल चहरको समेत विकेट लिए । मुम्बईका अरु दुई विकेट इमरान ताहिरले लिए । चेन्नईको धारिलो बलिङसामु मुम्बई १ सय ४९ रनको मध्यम स्कोरमा खिम्चिए पनि ब्याटिङ लाइन अप चल्न नसक्दा चेन्नई फेरी एक पटक मुम्बईसामु निरिह सावित भएको छ ।

१ सय ५० रनको मध्यम लक्ष्य पच्छ्याएको चेन्नाईले पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ४८ रन मात्र बनाउन सक्यो । उसका लागि सेन वाट्सनले ८० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । वाट्सन बाहेक चेन्नईका लागि फ्लाप डू प्लेसी २६ र ड्रोयन ब्राबोले १५ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन । मुम्मबईका लागि जसप्रित बुम्राले २ विकेट लिदा लाक्षित मालिंगा, कुनाल पाण्डेया र राहुल चहरले एक/एक विकेट लिए । चेन्नईका दुई खेलाडी भने रन आउट भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here