मोरङको पथरीशनिश्चरेका एक व्यक्तिको लाश सड्न लागेको अवस्थामा जंगलमा भेटियो , पाँचथरमा १५ बर्षिय एक किरोशीको घाँटि रेटेर हत्या

0
497

बैशाख ३०/
चार दिनदेखि हराइरहेका मोरङको पथरीशनिश्चरे नगरपालिका १० का ४५ वर्षीय कमलबहादुर धिमालको शव घरबाट केही पर रहेको जंगलमा आज दिउँसो फेला परेको छ ।
पूर्वपश्चिम राजमार्गबाट १ किलोमिटर उत्तरमा रहेको पशुपति सामुदायिक वनभित्र शव फेला परेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिनुभयो । गत बिहीबार साँझ खाना खाएर सुत्न जान्छु भन्दै घरको कोठामा छिरेका उनी भोलीपल्ट बिहान घरमा नभेटिएपछि प्रहरीलाई खबर गरेर परिवारका सदस्यले खोजी थालेका थिए । तर उनलाई हराएको चार दिनपछि मृत फेला पारिएको हो ।
एसपी केसीका अनुसार जंगलमा च्याउ खोज्न गएकाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाँटीमा डोरी बाँधिएको र सडेर दुर्गन्धित भएको अवस्थामा धिमालको शव फेला परेपछि अनुसन्धान थालिएको उहाँले बताउनु भयो । उता पाँचथरमा १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या गरिएको छ । हिलिहाङ गाउपालिका– ४, पञ्चमिकी शितल योङहाङको हिँजो साँझ घाँटी रेटी हत्या भएको हो ।
शीतलको शव घाँटी काटिएको अवस्थामा साँझ ७ बजे तिर सडक मुनी फेला परेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलेले जानकारी दिनुभयो । शीतल हिँजो अपरान्ह ४ बजे स्कूलबाट घर आएर घरको काम सकेर बाहिर निस्केको परिवारले जनाएको छ ।
हत्या कस्ले र किन ग¥यो भन्ने खुलेको छैन् । यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here