आइपीएलको उपाधि मुम्बईलाई, चेन्नाई १ रनले पराजित

0
519

२९ बैशाख, काठमाण्डौ । मुम्बई इण्डियन्स आइपीएलमा सर्बाधिक सफल टिम बनेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा चेन्नइलाई एक रनले हराएसँगै चौथो पटक उपाधि जितेको मुम्बई सर्बाधिक सफल टिम बनेको हो । यसअघि चेन्नई र मुम्बई दुबैले तीन/तीन पटक उपाधि जितेका थिए ।

हैदाराबादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । १ सय ५० रनको लक्ष्य पच्छ्याएको चेन्नाईले पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ४८ रन मात्र बनाउन सक्यो । उसका लागि सेन वाट्सनले ८० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here