लगानी सम्मेलनमा जुट्न प्रधानमन्त्रीको निर्देशन

0
933

८ चैत्र, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत्र १५ र १६ गते काठमाण्डौमा हुन लागेको लगानी सम्मेलनको तयारीमा कुनै पनि कसर बाँकी नराख्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन ।

शुक्रबार सिंहदरबारमा बसेको उद्योग वाणिज्य प्रवर्द्धन परिषदको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनको तयारीमा जुट्न निर्देशन दिएका हुन । सो अवसरमा परिषदका तर्फबाट सम्मेलनको तयारीबारे उद्योगी सुरज बैद्यले जानकारी गराएका थिए । सम्मेलनमा चीन, भारत, अमेरिका लगायतका ३८ मुलुकका ६ सय २० जना प्रतिनिधि सहभागी हुँदैछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here