दमक वडा नम्बर ७ हाटखोलाको सुकुम्बासी बस्तीको जग्गा विवादमा जिल्ला अदालत झापाद्वारा नगरपालीकाको पक्षमा फैसला , सुकुम्बासीको रिट निवेदन खारेज

0
1683

चैत ४/
दमक वडा नम्बर ७ हाटखोलाको सुकुम्बासी बस्तीको जग्गा विवादमा जिल्ला अदालत झापाले नगरपालीकाको पक्षमा फैसला गरेको छ । करिव १० कठ्ठा जमीन रहेको त्यस सार्वजनिक जग्गामा बर्षौंदेखि एक दर्जन बढी सुकुम्बासीहरु वसोवास गर्दैआएका छन् । उक्त जग्गा नगरपालीकाको भएको र सो ठाउँमा सुबिधा सम्पन्न सपिङ सेन्टर बनाउने योजना सहित नगरपालीका ठाउँ खालि गर्न खोजेको थियो । तर त्यस ठाउँका बासिन्दाले नगरपालीका विरुद्ध अदातलमा रिट निवेदन दिएका थिए । रिट निवेदन उपर तत्काल अदालतले यथा स्थितिमै रहन दिनु भनि अन्तरिम आदेश दिएको थियो । तर जिल्ला अदातल झापाको दुई नम्बर ईजलासका न्ययाधिस उद्धव भट्टराईको एकल ईजलासले हिँजो अन्तिम फैसला गर्दै पुरानो अन्तरिम आदेश खारेज गरेर रिट पनि खारेज गरिदिएको दमक नगरपालीकाका कानुन अधिक्रित माधव बस्नेतले जानकारी दिनुभयो । अदालतको आदेश संगै रिट निवेदन खारेज भएको छ ।
नगरपालीकाले हाटखोलाको जग्गा आफ्नो भएको भन्दै खाली गर्न डोजर लगाएपछि गत जेठ महिनामा झडप समेत भएको थियो । उक्त ठाउँमा दमक नगरपालिकाले सुविधासम्पन्न सपिङ सेन्टर वनाउने योजना अघि सारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here