दुई तिहाईको कम्यूनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको कांग्रेस केन्द्रीय सदस्य तथा अनुशासन समिति संयोजक भिष्मराज आङ्गदेम्बेको आरोप , पार्टीको हित विपरित गतिविधि नगर्न नेता कार्यकर्तालाई आग्रह

0
1242

चैत ९/
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्गदेम्बेले दुई तिहाईको कम्यूनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
आज दमकमा नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्नुहुदै नेता आङ्गदेम्बेले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको कार्यशैलीले जनताको उपलव्धिलाई संस्थागत गर्न नसकेको दावी गर्नुभयो । सरकार एकदलीय ढंगले अगाडी वढेको भन्दै उहाँले प्रतिपक्षलाई दमन गरेर सरकार अगाडी वढे कांग्रेस जनताका वीचमा जाने वताउनुभयो । उहाँले अहिलेको सरकार यहि ढंगका साथ प्रस्तुत भईरहे जनताका उपलव्धिहरु कहिल्यै संस्थागत हुन नसक्ने ठोकुवा समेत गर्नुभयो ।
नेता आङ्गदेम्बेले पार्टी भित्र देखिएको अनुशासनहिनताले पार्टी संगठन कमजोर भएकाले अव अनुशासन मजवुत बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । एकसाता अघि पार्टीले अनुशासन समितिको संयोजकको जिम्मेवारी दिएपछि पहिलोपटक दमकमा आउनुभएका उहाँले पार्टीमा अनुशासनको पद्धति बसाउन आफूले सवैको सहमति, सहकार्यका साथ अघि बढ्ने बताउनुभयो ।
उहाँले पार्टी अहित हुने गरि कसैले पनि आप्mना गतिविधि नगर्न आग्रह पनि गर्नुभयो । यूनियनका क्षेत्रीय अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा भएको सो भेटघाट कार्यक्रममा पूर्व सांसद विश्वदिप लिङ्गदेन, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, नगर सभापति रोशन विष्ट लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here