व्रिटिस तथा सिंगापुर आर्मी बन्न चाहने युवा युवतीहरुका लागि सगरमाथा मल्टिमार्शल आर्ट तथा गोर्खा कम्ब्याटद्वारा दमकमा तालिम सुरु

0
971

चैत १/ 
दमक वडा नम्बर ९ मा स्थापना भएको सगरमाथा मल्टिमार्शल आर्ट तथा गोर्खा कम्ब्याटले आज देखी औपचारीक रुपमा प्रशिक्षणको सुभारम्भ गरेको छ । आज बिहान नव निर्मित आफ्नै भवनमा एक कार्यक्रम गरी ब्रिटिश आर्मि र सिङ्गापुर पुलिसमा जान चाहने तथा शारिरिक तन्दुरुस्ती कायम गर्न चाहनेको लागी तालिम सन्चालनको सुरुवात गरिएको जनाएको हो । कार्यक्रममा सगरमाथा मल्टि मार्शलआर्ट डोजाङ युके का संस्थापक अध्यक्ष माष्टर राष्ट्र कुमार राईले दमकको सगरमाथा मल्टिमार्शल आर्टमा पुलिस तथा आर्मिमा जान चाहलेहरुका लागी लक्षित गरेर तालिम सञ्चालन गरिने जानकारी दिनुभयो । सिङ्गापुर पुलिस र ब्रिटिश आर्मिमा काम गरेर आउनु भएका प्रशिक्षकहरुबाट प्रशिक्षण हुने भएकोले आफ्नो भविस्य खोज्ने पुस्ताका लागी यो उपयुक्त हुने धारणा राख्नु भयो ।
सगरमाथा र गोरखा कम्व्याट अल्टिमेट फिटनेस सेन्टरले स्तरिय प्रशिक्षण सहितको तालिम सञ्चालन सुरु गरेको राईले जानकारी दिनुभयो । उहाँका अनुसार फिटनेट सेन्टरमा व्रिट्रीस तथा सिंगापुर आर्मीसहित मार्सल आर्ट, तेक्वान्दो खेलका अन्तराष्ट्रिय स्तरमा नाम कहलिएका खेलाडीहरुको प्रत्यक्ष प्रशिक्षणमा आधुनिक किसिमका शारीरिक अभ्यास गराईने छ । विदेशमा रोजगारी खोज्ने युवाहरुलाई आर्मी लगायतका सैनिक तालिममा निपुर्ण तथा दक्ष वनाउन गोरखा कम्ब्याटले आफनै ठाँउमा सुविधासम्पन्न तालिम स्थल बनाएको उहाँले दाबी गर्नु भयो । व्रिट्रीस आर्मीका अनुभवी प्रशिक्षक समेत रहनु भएका राष्ट्रले आफ्नै गाँउघरमा खेल र स्वस्थ्य शरीरका लागि शारीरिक सुगठन तर्फ युवाहरुलाई प्रोत्साहित गर्न समेत सुविधासम्पन्न व्यवसायिक फिटनेश सेन्टरमा स्थापना गरिएको बताउनु भयो ।
सञ्चालनमा आउन लागेको गोरखा कम्ब्याट अल्टिमेट फिटनेट सेन्टरमा व्यवसायिक रुपमा पूराना तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका गुरुहरु राष्ट्रसहित सिंगापुर आर्मीका रविन राई, व्रिट्रीस आर्मी समेत रहेका मार्शल आर्टका गुरु मन्दिप राई, तेक्वान्दोका अन्तराष्ट्रिय खेलाडीहरु सृजना राई, विद्या राई, मार्शल आर्ट प्रशिक्षक दिपक धिमाल लगायतका पूराना तथा अनुभवी व्यवसायिक खेलाडीहरु रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here