शरणार्थीका हित कोषमा नगद सहयोग

0
816

१ चैत्र २०७५/डिकेश लामा
दमक/जोखिममा रहेका भूटानी शरणार्थीका लागि सहयोग गर्ने उदेश्यले भूटानी शरणार्थी शिविर व्यवस्थापन समितिलाई अमेरिकाबाट सहयोग हस्तान्तरण गरिएको छ । अमेरिकी भूटानी समूदाय (ओविसीए)का अध्यक्ष दिलिप दाहालले शरणार्थी समूदाय हित कोषका लागि दुई लाख दश हजार रुपयाँ शिविर व्यवस्थापन समितिमा आज हस्तान्तरण गरिएको छ ।
नगद हस्तान्तरणमा अध्यक्ष खनालले तेस्रो मुलुकमा बसेका शरणार्थीहरुबाट संकलित रकम शिविरमा बस्ने शरणार्थीको हितमा सही प्रयोग होस् भन्ने हेतुले दिएको बताउनु भयो ।
कार्यक्रममा भूटानी शरणाथी अपाङग महिला संघकी अध्यक्ष देवीमाया गुरुङ्गले तेस्रो मुलुकबाट प्राप्त हुने रकम सही र एउटा प्रणाली मार्फत दिए सदुपयोग र वास्तविक पीडितलाई राहत पुग्ने बताउनु भयो ।
शिविरमा रहेका अतिजोखिममा परेका वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएकाहरुको सहयोगार्थ सो रकम सहयोग गरेको अमेरिकाबाट बेलडाँगी शिविर आएका ओबीसिएका अध्यक्ष दीलिप दाहालले बताए । शिविरमा रहेका भुटानीहरुलाई सहयोग गर्ने उद्देश्यले कम्युनिटी कमन फण्ड स्थापना गरिएको छ । ओबीसीएले प्रदान गरिएको सहयोग रकम कमन फण्डमा राखिने सचिव टीकाराम रसाइलीले बताउनु भयो । जुन फण्डबाट पीडित र जोखिममा परेकाहरुलाई सहयोग गरिने व्यवस्था मिलाइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here