पर्यटन मन्त्री सवार हेलिकप्टर दुघर्टना

पर्यटन मन्त्री सवार हेलिकप्टर दुघर्टना ,७ जनाको मृत्यु

0
1075

पर्यटन मन्त्री सवार हेलिकप्टर दुघर्टना ,७ जनाको मृत्यु


१५ फाल्गुन २०७५/ताप्लेजुङ्ग
ताप्लेजुङ्ग/ संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको आज मृत्यु भएको छ । पाथिभराको दर्शन गरेर फर्कनेक्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा १० सिस्ने भन्ने ठाउँमा हेलिकप्टर दुघर्टना भएको ताप्लेजुङ विमानस्थलले विराट नगर टावरलाई जानकारी दिएको छ ।

मन्त्री अधिकारी तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थलको स्थलगत अवलोकन गर्न अन्य जिम्मेवार ७ जनाको टोली त्यस तर्फ गएको बताइएको छ । अवलोकन पछि ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले जानकारी दिनु भएको छ । राज्य व्यवस्था समितिमा नागरिकताको विषयमा छलफल चलिरहँदा सचिव राईले मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको जानकारी दिइएको थियो ।


कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ ।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाइएको बताइएको छ । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, अर्जुनकुमार घिमिरे र नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया सवार थिए ।

ताप्लेजुङ्गका स्थानीय बासिन्दाका अनुसार चुहान डाँडा नजिकै ठूलो आवाज सहित धुँवाको मुस्लो देखिएको र त्यस तर्फ सहयता टोली परिचालन भइरहेको ताप्लेजुङ्गका प्रहरी नायव उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here