आगलागी पीडितहरुलाई किरात समूदायबाट सहयोग

0
1516

तेस्रो मुलुकमा बस्ने भूटानी सवै आफन्त भएको भन्दै पीडितले दिए धन्यवाद

१२ फाल्गुन २०७५
दमक/झापाको दमक नगरपालिका वडा नं. ३ मा रहेको भूटानी शरणार्थी शिविर वेलडाँगीमा एक महिना भित्र भएको दुई आगलागी घटनाका पीडितलाई आज नगद सहित व्लाङ्केट वितरण गरिएको छ । किरात डेम्लोमेन्ट एशोशियसन अफ नर्थडाकोटा संस्था मार्फत लालधन चङ्बाङको सक्रियतामा १ हजार १ सय ६० डलरबाट व्लाङकेट खरिद गरी १२ हजारका दरले ९ परिवारलाई नगद समेत हस्तान्तरण गरिएको छ । किरात माक्पोलुङ माङ्हिम बेलडाँगीका पूजारी समितिका अध्यक्ष पदम चङबाङले आज अपरान्ह सो रकम र व्लाङ्केट वितरण गर्नु भएको छ ।
कार्याक्रममा चङबाङले गत माघ १३ गते भएको आगलागी पीडित र २ दिन अघि भएको आगलागी पीडित वेलडाँगी ३ की मधुमाया मगरलाई समेत सहयोग हस्तान्तरण गरिएको छ ।
आगलागीमा परेर विचल्नीमा परेका भूटानी शरणार्थीहरुले घर बीहिन भएर समस्यामा परेको वेला विभिन्न क्षेत्रबाट सहयोग गर्र्दा विश्वमा छरिएका सवै भूटानी समूदाय आफ्नै रहेछन् भन्ने लागेको अनुभव सुनाउँदै धन्यवाद समेत दिएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै किरात धर्मका अगुवा पूजारी चङबाङले आफ्नो भाइ पर्ने लालधन सहित सहयोगी दाताहरुलाई धन्यवाद दिनु भयो ।
भूटानी शरणार्थी शिविरमा गएको माघ १३ गते र फाल्गुन १० गते बेलडाँगी २ सेक्ट बी÷४ र बेलडाँगी २ विस्तारित डी÷१ आगलागी भएको थियो । बेलडाँगी २ मा ८ घर पूर्णरुपमा खरानी भएको थियो भने आगो नियन्त्रण गर्ने क्रममा ४ वटा घर भत्काइएको थियो । यस्तै यता दुई दिन अघि अढाई दशक सामाजिक सेवामा कार्य गर्दै आउनु भएका मधुमाया मगरको घरमा कोही नभएको समयमा आगलागी भएको थियो ।

see live video

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here