एकै रातमा शरणार्थी शिविरमा ३ स्थानमा आगो लगाइएको आशंका

२ स्थानको नियन्त्रण, एक स्थानमा एउटा घर जलेर पूर्णरुपमा खरानी

0
2213

२ स्थानको नियन्त्रण, एक स्थानमा एउटा घर जलेर पूर्णरुपमा खरानी
१६ फाल्गुन २०७५/डिकेश लामा
दमक/झापाको भूटानी शरणार्थी शिविरमा पछिल्लो समय भएका आगलागी घटना योजनाबद्ध तवरबाट हुन थालेको बताइएको छ । १ महिनाको अवधिमा ६ स्थानमा आगलागी भएका छन् । गए राती भएको आगलागी ३ स्थानमा भएको शिविर व्यवस्थापन समितिका सचीव टिकाराम रसाइलीले बताउनु भयो । रसाईलीका अनुसार बेलडाँगी २ बी/४ घर नम्बर ८९ को आइतसिंह राईको घरमा बाहिरबाट लगाएको आगो स्थानीय र घर परिवारले नियन्त्रणमा लिइएको थियो । यस्तै बेलडाँगी २ सेक्टर सी/१ घर नम्बर १३ को नरबहादुर घलेको घरमा पनि सोही साँझ आगलागी गराइएको थियो । सो घरमा पनि घर परिवारले देखेर तत्काल आगो निभाएका थिए ।

घरमा कसैले आगो लगाएको खवर नजिकै रहेको शसस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगीमा तत्काल खवर गरे पछि प्रहरीले खोजी गर्नेक्रममा बेलडाँगी २ सेक्टर बी /२ घर नम्बर ६७ का राजेश लेप्चाको घरमा कोही नभएको अवस्थामा आगो लगाउँदा घर पूर्णरुपमा जलेर खरानी भएको स्थानीय लोकमान राईले बताउनु भयो । राईका अनुसार यस अघि भएका आगलागी समेत यस्तै उपद्रो गर्न खोज्ने समूहले नै गरेको हुन सक्ने बताउनु भयो । लेप्चा नेपाली चलचित्र क्षेत्रका द्वन्द्व निर्देशक र कलाकार समेत हुनु हुन्छ । साढे ६ बजे देखि आगो लगाउँने कार्य गर्दै ८ बजे तिर लेप्चाको घरमा आगो लगाएको छिमेकीहरुले बताएका छन् । गत माघ १३ गते १२ वटा घर नष्ट हुने गरी भएको आगलागीको भोलि पल्ट सोही स्थान नजिक परालको माचमा समेत आगो लगाइएको र नियन्त्रण गरिएको बताइएको छ ।
यता शरणार्थी सुरक्षार्थ रहेको शसस्त्र प्रहरी बेशका प्रमुख शसस्त्र प्रहरी निरीक्षक दिनेश आचार्यका अनुसार एकै दिनमा ३ स्थानमा आगो लगाउनु भनेको भवितव्य नभई कसैले गरेको हुन सक्ने बताउनु भयो । आचार्यका अनुसार आगलागी घटना तिव्ररुपमा हुन थाले पछि सुरक्षा जाँच चेक र गस्ती तिव्र बनाउने र हरेक सेक्टरमा शिविर रेखदेख समितिले आन्तरिकरुपमा गस्ती समेत परिचालन गर्ने निणर्य गरेको बताउनु भएको छ ।

आगलागी पीडितलाई पर्साको मण्डलीबाट नगद सहयोग

यसैबीच गत १० गते आगलागीमा पर्नु भएका बेलडाँगी २ विस्तारितका मधुमाया मगर र बुधबार राती आगलागीमा परेका राजेश लेप्चालाई पर्सा जिल्लाको विरगंजमा रहेको आस्थाको किरण मण्डलीको तर्फबाट बुधव बहादुर पहरीले १४ हजार ५ सयका दरले २९ हजार नगद पठाएको सहयोग सचीव टिकाराम रसाईलीले प्रदान गर्नु भएको छ ।
पछिल्लो समय शिविरमा श्रृङखलाबद्ध ढंगबाट आगलागी घटना हुनुले शरणार्थीमा त्राससँगसँगै चिन्ता समेत बढेको उनीहरुले बताएका छन् । आगलागी जस्तो जघन्य अपराध गर्ने अपराधीलाई पत्ता लगाई कडा भन्दा कडा कार्वाही गर्न पीडित शरणार्थीहरुले माग गरेका छन् ।

see live video story by Globalpost TV

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here