अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एसियाली दोस्रो सम्मेलन भारतको मिरिक- सूके पोखरीमा हुने हिजो बसेकोको सभाले पारित गरेको छ। श्रीमती लतिका जोशीको निवासमा अनेसास भारत सिलगढ़ी च्यप्टरद्वारा आयोजित उक्त सभाको अध्यक्षता श्रीमती लतिका जोशी स्वयंले गरेका थिए |
सभाले उक्त एसियाली दोस्रो सम्मेलन योजना कति अनुमानिक खर्च लाग्ने छ भन्ने विषय छलफल गर्नुको साथै अनेसास सिलगढ़ी च्याप्टरलाई दार्जीलिङ स्तरमा लैजाने प्रस्ताव, आगमी लोक सभापछि दुई दिने कार्यक्रम गर्ने जस्ता अन्य विविध विषयमा छलफल भएको स्रोतले जनाएकोछ | कार्यक्रमको रूपरेखा तैयार पार्ने अविभारा श्री युवराज काफ्लेज्युलाई दिईयो भने संयोजकको रूपमा कार्यक्रम अघि बड़ाउने कार्य श्री सुखराज दियालीज्युले गर्ने भए। अनेसासले विगत वर्ष सिक्कीम ग्यनटोकमा भव्य रूपमा महिला सम्मेलन सम्पन्न गरेको थियो |
यसै सभामा तीन जना नारी हस्ताक्षरहरू, सुसन गुरूङ, नीता तामङ अनि उषा नन्दी गतराजले आजिवन सदस्यता ग्रहण गरे। श्री दिलीप तिवारीज्युले आफ्नी स्वर्गीय धर्मपत्नीको नाउँमा नन्दी तिवारी स्मृति प्रतिष्ठान स्थापना गरि राष्ट्रिय स्तरका प्रतिभाहरूलाई विविध पुरस्कार वर्षेनी भव्य र सभ्य स्तरमा कार्यक्रम सम्पन्न गराउदै आए वापत धरान शहरामा सम्मानित गरिएकोमा वहाँलाई खदा माला गरि सभाले बधाई टक्रायो। सभामा श्री जीवन राणा,श्रीमती नीता तामङ, श्रीमती ललीता छेत्री, श्रीमती उषा नन्दी गहतराज,श् री दिलीप तिवारी,श्रीमती सुसन गुरूङ श्री/श्रीमती सुकराज दियाली, श्री युवराज काफ्ले आदि उपस्थित थिए | भने यस सभाको अध्यक्षता श्रीमती लतिका जोशी,अनेसास सिलगढ़ी च्यप्टरले गर्नुभएको थियो, वहाँकै वासस्थान लतिका निवास,पवित्र नगर चम्पासरीमा।
अनेसासको स्थापना सन 1991 मा भएको थियो। आज यसको शाखा- प्रशाखा विश्वको विभिन्न देशहरूमा छन। यस संस्थाको मूल अदेश्य,नेपाली भाषा, साहित्य,र संस्कृतिको उत्थान र विकाश विश्वमा गर्नु हो।