शरणार्थी शिविरमा फेरि आगलागी

0
750

 १० फाल्गुन २०७५
दमक/भुटानी शरणार्थी शिविर बेलडाँगीमा शुक्रबार दिउँसो आगलागी भएको छ शरणार्थी शिविर बेलडाँगी २ विस्तारितमा दिउँसो २ बजेतिर आगलागी भएको हो । आगलागीबाट बेलडाँगी २ विस्तारित सेक्टर डी/एक घर नम्बर १०६ मधुमाया मगरको घरमा क्षति पुगेको छ । आगलागी विजुलीको तारबाट भएको आशंका गरिएको छ । आगोले मगरको घरभित्रका सामान जलेर नष्ट भएको बताइएको छ । आगलागी हुन साथ स्थानीय शरणार्थीहरु भेला भएका थिए । उनीहरुको सक्रियतामा तत्कालै मगरको घरमा लागेको आगो निभाइएको थियो । घटना लगत्तै आगो निभाउन सफल भएकाले आगलागीको घटना ठूलो हुन पाएन । ३ साता अघि गते माघ १३ गते पनि बेलडाँगी २ को सेक्टर बी–फोरमा आगलागी भएको थियो । सो आगलागीबाट ८ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए । सो आगलागी नियन्त्रणमा लिन नजिकैका चार वटा घर भत्काउनु परेको थियो । शिविरमा आगलागीका घटना प्रत्येक बर्ष हुने गरेकाले भुटानी शरणार्थी शिविर व्यवस्थापन समितिले पटकपटक आगलागीबाट जोगिएर बस्न आग्रह गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here