अर्थ समितिः दूरसञ्चार सेवाको बक्यौता एक महिनाभित्र उठाउन निर्देशन

0
608

२७ माघ, काठमाण्डौ । संसदको अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक संस्थाहरुले तीर्न बाँकी झण्डै ३ अर्ब रुपैयाँ रकम एक महिनाभित्र उठाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले नौं वटा दूर संचार सेवा प्रदायक संस्थाहरुले तीर्न बाँकि २ अरव ९६ करोडभन्दा बढि रकम एक महिना भित्र असुल गरिसक्न सरकारलाई निर्देशन दिएको हो । सो बक्यौता रकम असुल नगरेसम्म ती संस्थाहरुको सेवा रोक गर्न समेत निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here