अष्ट्रेलियन क्रिकेट बिग ब्याशमा सन्दिपको सनसनी

0
711

२७ माघ, काठमाण्डौ । नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागि टोली मेलबर्न स्टार्स अस्ट्रेलियाको व्यावसायिक क्रिकेट प्रतियोगिता बिग ब्याश लिगको प्लेअपमा पुगेको छ।

उत्कृष्ट चारमा पुग्नका लागि अनिवार्य जित आवश्यक परेको खेलमा टोलीले सीड्नी सिक्सर्सलाई ९४ रनले पराजित गरेको हो। मेलबर्न स्टार्सले दिएको १६८ रनको बिजयी लक्ष्य पछ्याएको सिड्नी सिक्सर्स ७४ रनमै अलआउट भयो । सिड्नीलाई ७४ रनमा समेट्न सन्दिपले सनसनीपूर्ण प्रदर्शन गरे । ३.४ ओभर बलिङ गरेका उनले ११ रन दिएर तीन विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here