आगलागी पीडित भूटानी शरणार्थीलाई नगद वितरण

पीडितले रुँदै दिए धन्यवाद

0
1362

पीडितले रुँदै दिए धन्यवाद
२७ माघ २०७५/डिकेश लामा
दमक/झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा गएको १३ गते भएको आगलागी पीडितलाई आज नगद वितरण गरिएको छ ।


अमेरिकामा रहेका भूटानीहरुले संकलन गरेको प्रति परिवार १० र ५ हजारका दरले वितरण गरिएको छ । अमेरिकाबाट आउनु भएका समाजसेवी तथा उद्यमी उत्तम रसाइलीले संकलित रकम आगलागीमा परी जलेर पूर्णरुपमा नष्ट भएका ८ घरलाई प्रति घर १० हजार र आगलागी नियन्त्रणका लागि भत्काइएका ४ घर, सुत्केरी परिवार, आगलागीबाट क्षति पुगेका एकल महिलाको घर र अपाङ्ग परिवारलाई प्रति परिवार ५ हजारका दरले सामाजिक अगुवाको उपस्थितिमा वितरण गरिएको छ ।

वितरणमा शरणार्थी शिविरका सचीव टिकाराम रसाइली, सामाजिक अगुवा नरबहादुर गुरुङ्ग, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । वितरणको क्रममा अमेरिकाबाट आउनु भएका रसाइलीले भूटानी शरणार्थी शिविरमा भएको दुखद घडीमा धेरै तेस्रो मुलुकमा रहेका भूटानीमा समेत दुःख लागेकोले सानो सानो सहयोग संकलन गरेर जम्मा गरिएको १ लाख ५० हजार रकम वितरण गरिएको बताउनु भयो ।

कार्यक्रममा शिविर सचीव टिकाराम रसाइलीले सहयोग संकलनमा साथ दिने भूटानी समूदायमा धन्यवाद दिनु भयो । यस्तै उहाँले शरणार्थी शिविरमा हाल स्वास्थ्य, शिक्षामा धेरै समस्या भएकोले सहयोगी हातहरुले सहयोग गर्न आग्रह समेत गर्नु भयो । शिविरमा बालबालिका, अशक्त, एकल बृद्धबृद्धाको समेत बसोबासमा कष्टकर रहँदै आएकोले सहयोगी भूटानी समूदायले त्यस तर्फ पनि ध्यान दिए ठूलो राहत प्राप्त हुने कार्याक्रममा बताइएको छ ।

See live video from GlobalpostTV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here