नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, बिमानस्थलमा भव्य स्वागत (भिडियो सहित)

0
855

२१ माघ, काठमाडौं । पहिलो पटक एकदिवसीय र टी-२० सिरिज जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । रातो कार्पेट बिच्याएर स्वागत गरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको हौसला बढाउन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, खेलकुद मन्त्री जगत बिश्वकर्मा, राष्ट्रिय खेदकुद परिषद (रापेख) उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव केशव विष्ट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  राखेपले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिन सिफारिस समेत गरेको छ । नेपाली क्रिकेट टोलीले युएईबिरुद्धको तीन खेलको एक दिवसीय तथा टी – २० म्याचमा जित हात पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here