साहित्यकार सुकराज दियालीलाई सम्मान

0
1011

माघ २०, २०७५ | मणिपुर

सुकराज दियाली
सुकराज दियाली

भारतीय नेपाली साहित्यकार सुकराज दियालीलाई डा. किङ गुनु घर्ती मिजौरामको प्रमूख आतिथ्यमा सिरोई सिर्जना परिवार मणिपुरले गत माघ २०७५ शुक्रबार १८ गते सम्मान गरेको छ | सिरोई सिर्जनाका प्रधान सम्पादक राहुल राई ‘बोगिको’बाट हामीलाई जानकारी प्राप्त अनुसार उनले नेपाली साहित्यमा गर्नु भएको अतुलनीय योगदानको कदर गर्दै उक्त सम्मान गरिएको हो |  

 

नेपाली साहित्यको निम्ति समर्प्रित, त्यागी, शान्त, मृदु भाषी दियालीले अठारा भन्दा माथिको संख्यामा कृति प्रकाशन गरिसक्नुभएको छ | अनुहारमा भुगोल, विभ्रान्ती, अनमोल मोति, आकारभित्रका भावहरु, तेलनगरीका कविताहरु, जागुनका हीरा पण्डित आदि उनका केही कृतिहरू हुन् | खासगरीकन, उनका कृतिहरू सबै सम्झना योग्य छन् |  नेपाली साहित्यको भण्डारलाई यसरी धनी बनाउन उनले पुर्‍याउनु भएको योगदानको सहि मुल्यांकन गर्दै तुलसी राम प्रतिष्ठान र नेसाप सिक्किमले पनि आउँदो माघ २०७५ सोमबार २८ गते पुरस्कार प्रदान गर्ने भएको छ | जसको निम्ति दियालीलाई सिरोई सिर्जना परिवारले आफ्नो पत्रिकामा सम्पादक र प्रधान सम्पादकको हस्ताक्षर सहित शुभकामान ब्यक्त गरेका छन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here