क्रिकेटमा नेपालको ऐतिहासिक सफलताः युएईबिरुद्धको टी – २० सिरिज पनि कब्जा

0
791
फाइल तस्वीर

१९ माघ, काठमाडौं । नेपालले क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेको हो । बर्षाका कारण बिथोलिएपछि १० ओभरमा छोट्याइदा खेलमा नेपालले युएईलाई १ सय ५ रनको उच्च बिजयी लक्ष्य प्रस्तुत गरेको थियो । १ सय ५ रनको बिजयी लक्ष्य पच्छ्याएको युएई ९० रनमा समेटिएपछि नेपालले १४ रनको जित मात्र हात पारेन सिरिज नै २ – १ ले आफ्नो पक्षमा पार्यो । यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको अवस्थामा अन्तिम ओभरमा बलिङमा आएका ललित राजवंशीले पहिलो र दोस्रो बलमा विकेट लिदै मात्र ५ रन दिँदा नेपालले पहिलो टी-२० सिरिज आफ्नो पक्षमा पार्यो । यसअघि तीन खेलको एक दिवसीय श्रृंखला पनि नेपालले जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here