डा.केसीको झण्डै एक महिने अनसन तोडियो, फरक ढंगले लड्ने उद्घोष (भिडियो सहित)

0
583

१८ माघ, काठमाडौं । प्रा. डा. गोविन्द केसीले २४ दिन लामो १६ औं आमरण अनसन एकतर्फी अन्त्य गरेका छन् । यद्यपी चिकित्सा शिक्षा विधेयककाबिरुद्ध भने फरक ढंगले लडिरहने  उनले उद्घोष समेत गरेका छन । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना भएको, विरामीले दुःख पाएको तथा राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा शुक्रबार साँझ ७ बजे पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन अनसन तोड्दै गर्दा डा. केसीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको आरोप समेत लगाएका छन् । साथै विधेयक पास गर्न सरकारले अधिनायकवादी प्रवृत्ति देखाएको भन्दै उनले यसरी पारित भएको ऐन स्वीकार्य नहुने चेतावनी दिएका छन । १५ औं अनसनका क्रममा सरकारले गरेको सहमति बमोजिम चिकित्सा शिक्षा बिधेयक आउनुपर्ने माग राख्दै डा.केसीले पुष २५ देखि इलामबाट अनसन सुरु गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here