टी–२० क्रिकेटः नेपालद्वारा युएई ४ विकेटले पराजित, श्रृंखला १ -१ को बराबरीमा

0
601

१८ माघ, काठमाडौं । युएई बिरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तरगत शुक्रबारको खेल जित्दै नेपालले सिरिज १-१ को बराबरीमा ल्याएको छ ।  दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गर्दै सिरिज १-१ को बराबरीमा ल्याएको हो । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए । १०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग मिलेर नेपाललाई जित दिलाएका हुन् । नेपालका लागि प्रदीप ऐरीले आठ, ज्ञानेन्द्र मल्लले सात र कप्तान पारस खड्का शून्य रनमै आउट भए । त्यस्तै सन्दीप जोरा पनि एक रनमै आउट भएपछि नेपाल दबाबमा आएको थियो । यसअघि आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले समान्य चुनौती पाएको थियो ।  सिरिजको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here