प्रधानमन्त्रीले राजिनामा दिनुपर्छः डा.केसी

0
732

११ माघ, काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राख्दै १६ औं पटक आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । संसदबाट बहुमतले चिकित्सा शिक्षा विधेयक पारित भए लगतै पत्रकार सम्मेलन गरेका डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् । ‘ केपी ओली आफ्नै निर्णयबाट विचलित हुनुभयो उहाँले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्छ ।’ १७ दिनदेखि अनसनरत डाक्टर केसीका तर्फबाट उनका सहयोगी जीवन क्षेत्रीले लिखित वक्तव्य पढेका थिए । डा. केसीले अनसन फिर्ता लिएर विधेयक कार्यान्वयन गर्न सरकारले गरेको आग्रहलाई अस्वीकार गरेका छन् र आमरण अनसन कायमै राख्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here