४ सय जेष्ठ भूटानीलाई ज्याकेट वितरण

0
774

  ११ माघ २०७५/डिकेश लामा
दमक/ तेस्रो मुलुकका रहेका भूटानीबाट जेष्ठ नागरिक भूटानी शरणार्थीलाई आज ज्याकेट वितरण गरिएको छ । तेस्रो मुलुक पूनर्वास भएका शरणार्थीहरुले संकलन गरेको रकमबाट ४ सय जना शरणार्थीलाई बृद्धबृद्धालाई ज्याकेट वितरण गरिएको शिविर सचीव चम्पासिंह राईले बताउनु भयो । इन्टर नेशलन होम केयर एलएलसी, एमेरीकेयर,गौतम् इन्सुरेन्स एजेन्सी लगायतका संस्थाले भूटानी समूदायबाट संकलन गरेको रकमबाट जाडोमा लगाउने ज्याकेट वितरण गरेको बताइएको छ ।
ज्याकेट शरणार्थी शिविरमा बस्ने ६५ बर्ष देखि माथि रहेका बृद्धबृद्धालाई वितरण गरिएको शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो । रसाईलीले कार्यक्रममा दाता भूटानीहरुलाई धन्यवाद दिँदै स्वास्थ्य र शिक्षामा धेरै समस्या भएकोले यस प्रति सहयोग गर्न आग्रह समेत गर्नु भयो ।
यस अघि पथरी शनिश्चरेका ८० जना बृद्धबृद्धालाई वितरण गरिएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । जाडोमा ज्याकेट थाप्दै जेष्ठ नागरिक भूटानी शरणार्थीले दाताहरुलाई धन्यवाद समेत दिएका छन् ।
शरणार्थी शिविरमा दातृ निकायले दिँदै आएको राहत कटौती भए पछि पछिल्लो समय तेस्रो मुलुकमा रहेका शरणार्थीहरुले जोखिममा रहेका शरणार्थीका लागि शिक्षा, खाद्यन्य, लताकपडा समेतमा सहयोग पुरयाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here