बारामा स्कार्पियो दुर्घटनाः एसपीको निधन, प्रजिअ गम्भीर घाइते

0
597

१२ माघ, सिमरा । बाराको पसाहा पुल नजिक भएको स्कार्पियो दुर्घटनामा सशस्त्र प्रहरीका उपरिक्षक बलराम पोखरलेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई गम्भीर घाइते भएका छन । अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल छन् ।

कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको ना १ झ १६३३ नम्बरको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा

पुल नजिक दुर्घटना भएको हो ।

 

 

 

 

 

 

तस्बिरः मृतक बलराम पोखरेल – सशस्त्र प्रहरी उपरिक्षक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here