सरकार विकास र समृद्धि ल्याउने लक्ष्यमा अडिगः प्रम ओली

0
744

५ माघ, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकास र समृद्धि ल्याउने लक्ष्यमा अडिग रहेको बताउनुभएको छ । नेपाली काँग्रेस त्यागेर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका पूर्व सांसद तीर्थराज भूषाललाई शनिबार स्वागत गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

नेकपाको विधान र घोषणा पत्र अनुसार नै सरकारले आफ्ना कार्यक्रमहरु अघि बढाउने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । ‘विकास र समृद्धि नेकपा कै नीति र कार्यक्र अनुसार आउँछ यसमा ढुक्क हुनुहोस । सरकार यही नीति र कार्यक्र अनुसार अघि बढ्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण गरिसकेकाले अब विकासमा अझ गतिका साथ अगाडि बढ्ने बताउनुभएको छ । पार्टी एकतामा केही ढिलाइ भए पनि अब केही समयमै सबै कमिटीहरुको एकताले पूर्णता पाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here