डा.केसीलाई मध्यरातमा ल्याइयो काठमाण्डौ, नाजुक स्वास्थ्यका बाबजुद अनसन जारी

0
748

४ माघ, काठमाण्डौ । चिकित्सा शिक्षा र सेवामा सुधारको माग राख्दै १६ औँ पटक अनशनरत डाक्टर गोविन्द केसीलाई इलामबाट रातारात काठमाण्डौ ल्याइएको छ। सेना हेलिकप्टरमार्फत उनलाई झापाको भद्रपुर हुँदै उज्यालो नहुँदै काठमाण्डौ ल्याइएको हो । उनलाई हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

यसअघि बिहीवार पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वउपकुलपति केदारभक्त माथेमा लगायतका नागरिक अगुवाहरू डाक्टर केसीलाई काठमाण्डौ आउने बातावरण बनाउन भन्दै इलाम पुगेका थिए।

इलाममा ९ दिन देखि अनशन बसिरहेका डाक्टर गोविन्द केसीलाई ढुङ्गाना र कार्कीले काठमाण्डू जान अनुरोध गर्दा पनि उनी काठमाण्डौ आउन तयार भएका थिएनन्। यद्यपी औधी जोडबल गरेपछि उनि काठमाण्डौ आउन तयार भएका थिए । चिकित्सा शिक्षा विधेयकमा खास गरी मेडिकल कलेजहरूको सम्बन्धन र माथेमा कार्यदलको कामको प्रसङ्ग प्रस्तावनामा राख्ने जस्ता विषय वेवास्था गरिएको भन्दै डाक्टर केसी १६ औं पटक अनसनमा बसेका हुन । यसअघि उनी १५ औँ अनशनका बेला जुम्ला पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here