अमेरीकाको ह्यारिसवर्गमा एक महिने धनुर्मास ब्रतकथा सम्पन्न

0
838

माघ ६/
अमेरीकाको ह्यारिसवर्गमा एक महिने धनुर्मास ब्रतकथा सम्पन्न भएको छ । वृन्दावनमा श्री कृष्णले रचेको ह्रास लिला भैंm भगवान रंगनाथ र गोदा माता विचको कथा महिमा वर्णन गरिएको एक महिने धनुर्मास ब्रतकथा सम्पन्न गरिएको हो । स्वामि चक्रपाणी आचार्य (सिताराम अधिकारी)को प्रमुख कथा वाचन रहेको सो कार्यक्रम हिन्दु धर्म तथा सांस्कृतिक संगठन (ओ.एच.आर.सी.)को संयोजनमा सम्पन्न भएको ओ.एच.आर.सि.का अध्यक्ष तुलाराम न्यौपानेले जानकारी दिनुभयो ।
ह्यारिसवर्गको स्थानिय हरे कृष्ण मन्दिरमा सम्पन्न उक्त ब्रतकथा समापन समारोहमा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । यसरी सम्मानीत हुने मा कथा वाचक गुरु चक्रपाणी आचार्य, स्वयंसेवक ठाकुर घिमिरे, कैलाश धिताल, श्याम धिताल, सुमन अधिकारी लागयत रहेको अध्यक्ष न्यौपानेले बताउनु भयो ।
धनुर्मास व्रतकथा अवधि भरमा १ लाख २ हजार ४ सय २१.७० अमेरीकि डलर संकलन भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । उक्त रकम मन्दिर निर्माणमा खर्च गरिने उहाँले बताउनु भयो । एक महिना सम्म निशुल्क कथा वाचन गर्नु भएको स्वामि चक्रपाणी आचार्यले समापनको अवसरमा १ हजार ८ अमेरिकि डलर मन्दिर निर्माणको लागी दान समेत गर्नु भएको थियो ।
धार्मिक, सांस्कृतिक, सामाजिक कार्यक्रमहरुको आयोजना गर्न आफ्नो समाजिक स्थल र भवन निर्माणको लागी सहयोग गर्ने सबैलाई अध्यक्ष न्यौपानेले धन्यबाद समेत दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here