सुरक्षित मुलुक निर्माणमा सरकार प्रतिवद्ध छः प्रधानमन्त्री ओली

0
569

काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको महाअभियानमा रहेको बताउनुभएको छ । २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा  एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले ओलीले यस्तो बताउनुभएको हो । ‘हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौं,’ प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ ‘भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचनाहरु भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौं ।’ सरकार २०७२ सालको भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माणमा जुटेको उल्लेख गर्दै कोही पनि भूकम्प पीडितहरु नछुटुन् भनेर भूमिहीन, ऐलानी र प्रतिजग्गामा बसोबास गरेका परिवारका लागि समेत सुरक्षित आवास पुनर्निर्माण गर्ने व्यवस्था गरेको जानकारी दिनुभएको छ । ‘पैसा नभएर घर निर्माण गर्न नसकेकाहरुलाई प्राथमिकतामा राखेर सहुलियत कर्जा उपलब्ध गराउनका सहुलियत कर्जा सम्बन्धी एकीकृत कार्यविधि जारी गरी लागू समेत गरिसकिएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘ज्येष्ठ नागरिक, व्यक्ति र  बालबालिकाका लागि थप ५० हजार अनुदान दिने र भूकम्प प्रतिरोधी घर पुनर्निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको छ ।’ सरकार पुनर्निर्माणको काम दिगो होस् भनेर स्थानीय तहहरुलाई स्रोत साधन र कार्य जिम्मेवारी समेत हस्तान्तरण गरिरहेको बताउँदै प्रधानमन्त्रीले पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण गर्दा परम्परागत मौलिकता कायम गर्न विशेष ध्यान दिइएको जानकारी दिनुभएको छ । उहाँले सुरक्षित, भूकम्प प्रतिरोधी, मौलिक शैलीमा हाम्रा सम्पदाको निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकारणमार्फत उपत्यका र बाहिरका ६ वटा परम्परागत बस्तीलाई मौलिक शैलीमा पुनर्निर्माण गर्न थप ५० हजार रुपैयाँ अनुदान दिने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here