काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको महाअभियानमा रहेको बताउनुभएको छ । २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले ओलीले यस्तो बताउनुभएको हो । ‘हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौं,’ प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ ‘भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचनाहरु भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौं ।’ सरकार २०७२ सालको भूकम्पले पुर्याएको क्षतिको पुनर्निर्माणमा जुटेको उल्लेख गर्दै कोही पनि भूकम्प पीडितहरु नछुटुन् भनेर भूमिहीन, ऐलानी र प्रतिजग्गामा बसोबास गरेका परिवारका लागि समेत सुरक्षित आवास पुनर्निर्माण गर्ने व्यवस्था गरेको जानकारी दिनुभएको छ । ‘पैसा नभएर घर निर्माण गर्न नसकेकाहरुलाई प्राथमिकतामा राखेर सहुलियत कर्जा उपलब्ध गराउनका सहुलियत कर्जा सम्बन्धी एकीकृत कार्यविधि जारी गरी लागू समेत गरिसकिएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘ज्येष्ठ नागरिक, व्यक्ति र बालबालिकाका लागि थप ५० हजार अनुदान दिने र भूकम्प प्रतिरोधी घर पुनर्निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको छ ।’ सरकार पुनर्निर्माणको काम दिगो होस् भनेर स्थानीय तहहरुलाई स्रोत साधन र कार्य जिम्मेवारी समेत हस्तान्तरण गरिरहेको बताउँदै प्रधानमन्त्रीले पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण गर्दा परम्परागत मौलिकता कायम गर्न विशेष ध्यान दिइएको जानकारी दिनुभएको छ । उहाँले सुरक्षित, भूकम्प प्रतिरोधी, मौलिक शैलीमा हाम्रा सम्पदाको निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकारणमार्फत उपत्यका र बाहिरका ६ वटा परम्परागत बस्तीलाई मौलिक शैलीमा पुनर्निर्माण गर्न थप ५० हजार रुपैयाँ अनुदान दिने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ ।
ताजा पोष्ट
कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान
अर्जुन प्रधान
साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्याएका पाँच...
GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...
ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...
छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड
अर्जुन प्रधान
मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...












