उल्लासका साथ मनाइयो माघे संक्रान्ति, माघी र जनजातिको नयाँ बर्ष

0
1189
तस्बिरःरासस

१ माघ, काठमाडौं । मंगलबार मुलुकभर माघे संक्रान्ति, माघी र विभिन्न जनजातिहरुको नयाँ बर्ष उल्लासका साथ मनाइएको छ । खस र आर्यहरुले माघे संक्रान्ति मनाइरहँदा थारु र मगर समुदायले माघी मनाएका छन । विभिन्न जनजाति समुदाय अर्थात लिम्बु राई, सुनुवार, सुरेल, याक्खा, धिमाल, छन्तेल लगायतका समुदायले भने माघ १ नयाँ बर्षको रुपमा मनाएका छन । किराँत समुदाले यस दिनलाई येले सम्वत्को रुपमा मनाउने गर्छन् । यलम्बर राजाको स्मरणमा येले सम्वत्को मानिदै आएको छ । छन्त्याल समुदायले माघ १ लाई छार म्हेङ (म्हिलाङे सोङ्ती) पर्वको रुपमा लिन्छन् । उनीहरूका लागि पनि छार म्हेङ नयाँ वर्ष हो । यस दिन माटो मुनिका फलहरु तरुल र  सुठुनी तथा चाकु र घ्यू खाने प्रचलन छ । यस्ता खाद्यन्नले  शरिरमा गर्मी उत्पन्न गराई तातो गराउने तथा तागत दिने विश्वास गरिन्छ । माघे संक्रान्तिमा विभिन्न नदि तथा तलाउमा स्नान गर्नाले घाउ खटिरा निको धार्मिक विश्वास समेत छ । माघ १ का दिन सूर्य मकर राशीमा प्रवेश गर्ने र उत्तरायण सुरु हुने हिन्दु पञ्चाङ्गको मान्यता छ । हिन्दु धर्ममा यो दिनलाई विभिन्न धार्मिक अनुष्ठान आरम्भ हुने दिनेको रुपमा लिइन्छ । माघ १ बाटै रात छोटिने तथा दिन लामो हुने बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here