धर्मका नाममा मुस्लिम महिलालाई गरिने दुर्व्यवहारको भण्डाफोर गर्छुः साउदी युवती रहफ

0
529

१ माघ, काठमाण्डौ । इस्लाम धर्म त्यागेका कारण जीवन जोगाउनकै लागि क्यानाडा पुगेकी साउदी युवती रहफ मोहम्मदले धर्मका नाममा मुस्लिम महिलाहरुमाथी गरिने दुर्व्यवहारको भण्डाफोर गर्ने बताएकी छन । इस्लाम धर्म त्यागेका कारण परिवारले आफूसँग दुर्व्यवहार गरेको आरोप लगाउँदै उनि घर फिर्ता गए आफ्नो हत्या हुन सक्ने बताउँदै कुवेतबाट थाइल्याण्ड हुँदै शरणका लागि क्यानाडा पुगेकी थिइन । क्यानाडामा एक अन्तर्राष्ट्रिय समाचार पत्रिकासँग  कुरा गर्दै १८ बर्षीया रहफ मोहम्मदले भनिन् “हामीलाई एउटा वस्तुसरह, दाससरह व्यवहार गरिन्छ,” उनले भनिन्, “म मानिसहरूलाई आफ्नो कथा र साउदी महिलासँग कस्तो व्यवहार हुन्छ त्यो भन्न चाहन्थेँ र भन्छु पनि ।” परिवारसँग कुवेत गएको बेला उनी विमान चढेर थाइल्याण्ड पुगेकी थिइन्। तर फर्किने टिकट र आवश्यक कागजपत्र नभएको भन्दै उनलाई थाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले अस्ट्रेलियाको प्रवेशाज्ञा र राहदानी एक साउदी कूटनीतिज्ञले खोसिदिएको बताएकी थिइन । थाई अधिकारीको नियन्त्रणमा परेपछि उनले आफ्नो ज्यान खतरामा रहेको भन्दै विभिन्न देश, मानवाधिकारवादी संस्था र संयुक्त राष्ट्रसङ्घलाई ट्विटरबाट गुहारेकी थिइन्।

ह्युमन राइट्स वाच र अन्तर्राष्ट्रिय सञ्चार माध्यमले यस विषयलाई महत्वका साथ प्रकाशन/प्रसारण गरेपछि थाईल्यान्ड सरकारले उनलाई त्यहीँ रहन दिएको थियो। संयुक्त राष्ट्रसङ्घले उनलाई शरणार्थीको मान्यता दिएपछि उनलाई क्यानाडाले शरण दिएको छ । परिवारले परित्याग गरेकाले उनले अहिले आफ्नो पुरानो थर अल-कुनुन लेख्न छोडेको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here