निजी बिद्यालयलाई पुल्पुलाइन्नः प्रम ओली

0
606

१ माघ, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्लायलाई हस्तक्षेपकारी भूमिका निर्वाह नगरे पनि  पुल्पुल्याएर राख्ने पक्षमा भने सरकार नरहेको बताउनुभएको छ । उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग –२०७५ को प्रतिवेदन मंगलबार बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – “सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भए पछि निजी विद्यालयप्रतिको आकर्षण आफैं घट्छ।” गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि अभिभावकहरु महंगा निजी विद्यालयमा जादैनन्, प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार हस्तक्षेप गरेर निजीलाई प्रतिवन्द लगाउने पक्षमा छैन तर विद्यार्थी नै नभएपछि निजी विद्यालय कसरी टिकछन् र ?” प्रधानमन्त्री ओलीले बालबालिकालाइ उनिहरुको इच्छा अनुसारको शिक्षा दिनुपर्ने समेत बताउनुभयो ।

बालबालिकाको इच्छा अनुसारको पाठ्यक्रम तयार हुन सके उनिहरु सफल समेत हुन प्रधानमन्त्री ओलीको दावी छ । आयोगले वुझाएको प्रतिवेदन सिफारिस भएकाले यसको व्यापक अध्ययन गरिने उहाँले बताउनुभयो । “आसा छ यो प्रतिवेदन सिफारिस मात्र नबनोस नीति कै रुपमा यसलाई कार्यन्वयन गर्न सकियोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here