उत्कृष्ट भूटानी गीतकारकाे खोजी प्रतियोगिता हुने

0
1097

पुष २९/
विश्वभरी रहेका नेपाली भाषी भूटानी गीतकारहरूकाे खोजीको लागी कर्यक्रम हुने भएको छ । पाथिभरा ज्वेलर्सको आयोजनामा गीतकार खोजी कार्यक्रम सुरु गरिएको ज्वेलर्सका प्रोपाईटर उत्तम रसईलीले जानकारी दिनुभयो । संसरका जुनसुकै ठाउँमा बसेका नेपाली भाषी भूटानीहरूले यस प्रतियोगीतामा सहभागीता जनाउन सक्ने उहाँले बताउनु भयो । देशभक्ती पुर्ण गीतहरूलाई मात्र प्रतियोगितामा सहभागी गराईने पनि उहाँले बताउनु भयो ।  गीतमा देशको नाम भने समाबेस गर्न पाईने छैन ।
एक जना रचनाकारले एउटा मात्रै गीत समावेस गर्न सक्ने छन् ।

प्रतियोगीतामा सहभागिता जनाउन चाहनेले फेबु्रअरी २८ तारिख सम्ममा आफ्ना रचना पठाउन सकिने आयोजकले जनाएको छ । आएका सबै रचनाहरुको ४ जना बरिष्ठ संगितकर्मि निर्णायकबाट उत्कृष्ट छनौट गरिने जनाईएको छ । प्रतियोगीताको लागी आएका रचनाहरूबाट उत्कृष्ट १० र उत्कृष्ट पाँच छानिने जनाईएको छ । छानिएका पाँच वटा उत्कृष्ट गीतहरू मध्यबाट पनि एक भव्य सांस्कृतिक र सांगितिक कार्यक्रमका बीच उत्कृष्ट ३ गितकार छानीने छ ।
बिजेता तीन जनालाई आकर्षक पुरस्कार दिईने छ भने भुटानी संगितकारहरुको संगितबाट नव गायक गायीकालाई गाउन दिईने छ । गीतहरूकाे म्युजिक भिडियो पनि बनाईने आयोजकले जनाएको छ ।

आफ्ना रचना पठाउनको लागी pathivaraproduction@gmail.comमा ईमेल गर्न अथवा पाथिभरा ज्वेलर्सको फेसबुकमा गएर पनि आफ्ना रचना पठाउन सकिने जनाईएको छ । त्यसैगरी फोन नम्बर #7162085531 मा पनि फोन गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here