भूटानी अमेरिकी खेलकुद परिषद (BASC)को प्रेस विज्ञाप्ति

0
936
Press Release by Bhutanese American Sports Council (BASC)
Press Release – BASC – 2019/01/12

 

भर्खरै फेसबुकमा एक व्यक्ति द्वारा भूटानी अमेरिकी खेलकुद परिषद(BASC)को बारेमा गरिएको अभिव्यक्तिले समाजमा उत्पन्न भएको कौतुहलता वा भ्रमलाई सम्बोधन गर्न BASCले एक प्रेस विज्ञाप्ति सार्वजनिक गरेको प्रेस विज्ञाप्तिमा BASCले त्यस्तो प्रयाशले यति धेरै संख्यामा समर्थन, सल्लाह, सुझावका साथै यति धेरै खेलाडीहरू, खेलकुदप्रेमीहरू समर्थकहरूको साथले हामीलाई गर्वको साथ अगाडी बढ्न प्रेरणा, सहयोग उत्साह थपेको कुरा उल्लेख गरिएको । 

भूटानी अमेरिकी खेलकुद परिषद (BASC) एक गैरनाफामुखी संगठन हो, र यसले कुनै पनि मुनाफाको लागि कहिल्यै काम गरेको छैन निस्सन्देह सेवा र धर्मार्थ, शैक्षिक वैज्ञानिक उद्देश्यसंग राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हाम्रो भूटान अमेरिकी खेलाडिहरूलाई प्रवर्द्धन गर्नु संगठनको मुख्य लक्ष्य हो भनि प्रेस विज्ञाप्तिमा स्पष्ट बताइएको छ।

प्रेस विज्ञाप्तिमा, वार्षिक अंतर्राजिया टूर्नामेंट ति कार्यक्रमहरुको आर्थिक वित्तीय पारदर्शिताबारे BASC क्रिस्टल जस्तै स्पष्ट भएको उल्लेख गरिएकोछ। आजसम्म BASCले कुनै पनि रकम आफ्नो लागि लिने गरेको छैन, तर होस्ट राज्यका आयोजकहरू यसको लागि जिम्मेवार हुन सक्छन कि सक्दैनन् भनि निश्चित गरेर टूर्नामेंट आयोजनाको जिम्मा लगाउने गरिएको प्रचलन स्पस्ट पारिएको छ। होस्ट स्टेटका आयोजकहरू आर्थिक सङ्कलनमा BASCले दिएको दिशानिर्देशहरू कडा रूपमा पालना गर्दै आएको जानकारी गरिएको

सुरुदेखि नै, BASC ले सहभागी राज्य टोलीहरु दर्ता गर्न प्रवेश शुल्क एकत्र गर्न मद्दत गर्दै आएको , जसले पछि, होस्ट स्टेट आयोजकलाई सबै रकम हस्तान्तरण गर्ने गरेको अनि तिनीहरू खर्च पुरस्कारहरूको आवंटन निर्धारण गर्ने गर्छन सुरु देखिनै सुरक्षा जम्मा (Security Deposit) संकलन गर्ने प्रचलन भए ता पनि BASCले २०१६ देखि मात्र सुरक्षा जम्मा संकलन गर्नशुरु गरेको हो, जुन टूर्नामेंटको समयमा रेफरी द्वारा रेकर्ड गरिएको कार्डहरुमा आफ्नो शुल्क कटौती पछि सामान्यतया टीमहरुमा फिर्ता गरिने गरिन्छ। सङ्कलित प्रवेश सुल्कको अतिरिक्त, BASCले केहि अवसरमा समर्थान स्वारुप होस्ट आयोजकलाई आफ्नो पहलमा केहि डोनेसन समेत दिने गरेको BASC आफ्नो भूमिकामा विस्वस्त , अहिलेसम्म टूर्नामेंट होस्टबाट कुनै पनि पैसा लिएको छैन सबै डोनेसन समर्थनहरू प्रत्यक्ष रूपमा राज्य आयोजकमा जान्छ, आज सम्म BASCलाई प्रदान गरिएको छैन

प्रेस विज्ञाप्तिमा भनिएको , हाम्रो मुख्य उद्देश्य भनेको भूटानीअमेरिकी समुदायका युवा खेलाडिहरूको खेलकूद प्रतियोगिताहरूको माध्यमबाट एकसाधारण प्लेटफार्म सिर्जना गर्न एकअर्काको क्षमता प्रतिभाको प्रशंसा गर्नु हो अहिलेसम्म सबै अन्तर्राजिया टूर्नामेन्टहरूको लागि, बोर्डका सदस्यहरूले स्वयंसेवकको रूपमा आफ्नो विशेषज्ञता, विचारहरू, प्राविधिक सहयोगहरू प्रदान गर्दै आएका छन् खेलकुद वातावरण बनाउनका लागि BASC र USSF को नियमहरूको ढाँचामा प्रतियोगिताहरू आयोजना गर्ने गरिएको

प्रेस विज्ञाप्ति द्वारा अध्यक्ष्य शान्ता लामा भन्नु हुन्छ, “BASCको क्षमताले भ्याए सम्म हरेक वर्ष आफ्नो सेवाको लागि BASC प्रतिबद्ध , तथापि, हाम्रो अगाडी ठूलो चुनौतीहरू छन् हामी, BASCमा अझै पनि सकारात्मक युवा विकास भुटानीअमेरिकी समुदाय प्रतिको हाम्रो उत्तरदायित्वको लागि हाम्रो प्रतिबद्धताको साथ समर्पित छौँ हाम्रो आयोजनमा आवश्यक परिवर्तनहरू ल्याउनका लागि BASCले हालको बोर्ड बैठकमा २०१९कोजुलाई , मा अटलांटा, जर्जियामा ९औँ BASC भूटानिअमेरिकीराष्ट्रिय टूर्नामेन्टको आयोजना गर्ने निर्णय गरेको छ।” 

BASC बोर्ड सदस्यहरू पनि विभिन्न फुटबल खेलाडी, टोली कोच टोलीका प्रबन्धकहरू जस्तै विभिन्न राज्यहरू (क्यालिफोर्निया, टेक्सास, जर्जिया, टेनेसी, मिनेसोता, आदि)बाट आफ्नै खर्चमा यात्रा गर्ने गर्छन BASC उनीहरूको प्रतिबद्धताको लागि सबैलाई सम्मान गर्छन् समयको लामो अन्तरालमा, BASCले प्राय जस्तो सबै अनुभव महसुस गरेको , हामी जान्दछौं कि यो कति जटिल , तर हामी विश्वास गर्छौं, युवाहरू खेलकुद विकासका लागि तपाइँ हामी सबै लागि परेका छौँ त्यो एक सकारात्मकसूचक हो

यहाहरु सबैलाई जानकारी होस् कि भूटानी अमेरिकी खेलकुद परिषद(BASC)ले सरकार वा कुनै सहयोगी संस्थाबाट कुनै डोनेसन वा अनुदानप्राप्त गरेको छैन BASCको मुख्य स्रोत यसको वार्षिक सदस्यता शुल्क($125)बाट उत्पन्न भएको जुन संस्थाको लागि कानुनी सेवा शुल्क अन्य आधारभूत सेवाहरूको शुल्क टाल्न मद्दत गर्दछ बोर्ड सदस्यहरूको व्यक्तिगत योगदानको सहयोगमा हरेक वर्ष दिग्गज खेलाडीका लागिBASCलेLifetime Achievement Awardलाइफटाइम उपलब्धिपुरस्कार प्रधान गर्ने गरेको । 

यसबाहेक, गत वर्ष देखि BASCले ने.रु. १०,००,०००,०० (NRS) वित्तीयसहायता (चार वर्षको अवधि भित्र) भुटानी शरणार्थी विद्यार्थीहरूलाई BREP CARITAS नेपालसँगको समन्वयमा नेपालमा उच्च माध्यमिक शिक्षाको लागि आर्थिक सहयोग पुर्याउदै आएको BASC बोर्डको सदस्यको उदारयोगदानको माध्यमबाट यस परियोजनाको दोस्रो वर्षको लागि आफ्नो प्रतिबद्धतामा सफल भएको छ। बोर्डको सदस्यहरुको योगदानकै बलमा BASCले सामुदायिक संस्थाहरुलाई आफ्नो कार्यक्रमहरुको लागि सहयोगदान पनि दिने गरेको । 

प्रेस विज्ञाप्तिमा भनिएको , हामी हाम्रो कर्ममा दृढतासाथ लागि परेका छौं र आफैमा विश्वास गर्दछौं सुधारका लागि हामी सधै तयार छौं BASC को प्रोग्रामहरू निरन्तर अघि बडी रहनु भनेको यहाहरुको माया समर्थनको परिणाम हो भनि  बुझ्न सकिन्छ हामी हाम्रो प्रतिबद्धताको साथ अगाडीबढिरहनेछौं BASCको सदस्यता लिन अनि यस संस्थानको उद्धेस्य प्राप्तिमा सहयोग गर्न भुटानी समाजका जो कोहीलाई BASC स्वागत गर्दछ

प्रेस विज्ञाप्तिमा जनाए अनुसार BASCको आधिकारिक वेबसाइट, www.bascouncil.org हो BASCको आधिकारिक फेसबुक पेज, Bhutanese American Sports Council – BASC Official  हो

Press Release by BASC (Page 1)
Press Release by BASC (Page 2)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here