ह्यारिसबर्ग प्रिमियर लिग २०२५ मे महिनादेखि सुरु हुने 

0
158

ह्यारिसबर्ग, अमेरिका – क्रियामाण फाउण्डेशनको आयोजनामा ह्यारिसबर्ग प्रिमियर लिग (HPL) आगामी मे २०२५ देखि सेप्टेम्बर २०२५ सम्म सञ्चालन हुने भएको छ। “BUILDING CHAMPIONS ON AND OFF THE FIELD” नाराका साथ सुरु हुने यो क्रिकेट लिगले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ।

प्रतियोगितामा सहभागी टिमहरू:

सस्केहाना टाइटन्स (Susquehanna Titans)

लिबर्टी वारियर्स (Liberty Warriors)

ह्यारिसबर्ग थन्डरहक्स (Harrisburg Thunderhawks)

क्यापिटल स्ट्राइकर्स (Capital Strikers)

यस लिगलाई गोल्डेन होम केयर, होम हेल्थ, र ओडीपी ले प्रायोजन गरेका छन्। साथै, ह्यारिसबर्ग क्रिकेट एलायन्ससँगको सहकार्यमा यो प्रतियोगिता सञ्चालन गरिनेछ।

ह्यारिसबर्ग प्रिमियर लिग स्थानीय खेलकुद प्रवर्द्धन गर्न, युवा क्रिकेट खेलाडीहरूलाई अवसर दिन, र समुदायबीच एकता ल्याउन केन्द्रित हुनेछ। लिगका खेलहरू लिङ्गल पार्क मा खेलाइने छन्।

क्रिकेटप्रेमीहरूलाई खेलहरूमा सहभागी भई आफ्ना मनपर्ने टिमलाई समर्थन गर्न आग्रह गरिन्छ। थप जानकारीका लागि क्रियामाण फाउण्डेशन को वेबसाइट वा ह्यारिसबर्ग क्रिकेट एलायन्स को आधिकारिक पृष्ठहरूमा सम्पर्क गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here