अर्जुन प्रधान
USA Karate-NKF बाट अमेरिकामा आयोजित कराते च्याम्पियनसिपमा ड्रुक इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन (DISKA) ले अर्को ऐतिहासिक सफलता हात पारेको छ। ४० देशका २६०० खेलाडीहरू सहभागी प्रतियोगितामा डिस्कालाई शीर्ष ५ डोजो मध्ये एकमा सम्मानित गरिएको हो।
USA करातेका अध्यक्ष एलिसा एउ र सीईओ माइकल केन द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ :
“तपाईंको डोजो शीर्ष ५ डोजोहरूमा पर्न सफल भएको छ। तपाईंहरूको उल्लेखनीय समर्थन र टोलीको जोशले प्रतियोगिता विशेष बनेको छ।”

डिस्का डोजोको चमक: प्रशिक्षकहरू र खेलाडीहरूको समर्पण
डिस्काका प्रशिक्षक सेन्सी रन राई, टेक नेपाल लगायत अति सम्मानित प्रशिक्षकहरूको नेतृत्वमा टोलीले उच्च अनुशासन, पेशागत आचरण र अन्तर्राष्ट्रिय कराते भावना प्रस्तुत गर्दै नेपाली भाषी भूटानी समुदायलाई गौरवान्वित बनाएको छ।
अध्यक्ष एलिसाले थप भनिन्:
“तपाईंहरूको समर्पण, खेलकुद भावना र सहभागिताले हाम्रो खेललाई नयाँ उचाइमा पु-याएको छ।”
USA करातेका अन्य संचालक सदस्यहरू जस्तै साशा गेरिटसन, प्याट हिकी, ब्रायन हिलियर्ड आदिले पनि डिस्कालाई प्रशंसा र सम्मान गरेका छन्।
चम्किएका डिस्काका खेलाडीहरू: पदक तालिका
खेलाडीको नाम | पदक उपलब्धि |
रिया बिष्ट | ३ स्वर्ण, १ रजत (काटा र कुमुते) |
एसविन सुब्बा | १ स्वर्ण (कुमुते) |
रोजो सुब्बा | १ स्वर्ण (JIC), १ रजत (काटा), १ कांस्य (कुमुते) |
आयुष सुनार | १ स्वर्ण (काटा), १ रजत (कुमुते) |
बोमी गुरुङ | २ कांस्य (काटा र कुमुते) |
अन्जिला गुरुङ | १ रजत (काटा) |
स्वप्निल गुरुङ | १ रजत (काटा), १ कांस्य (कुमुते) |
रायन मोहरा | १ कांस्य (नोभिस डिभिजन) |
देवेन सुब्बा र दिविशा सुब्बा | काटा र कुमुतेमा कांस्य |
कृष्णा लुइटेल | १ कांस्य (काटा) |
एञ्जल गुरुङ | १ कांस्य (एडभान्स्ड काटा, १२-१३ वर्ष) |
अनिशा न्यौपाने | १ कांस्य (इन्टरनेशनल काटा, १८-३४ महिला) |
सुयोग राई | १ स्वर्ण, २ कांस्य |
प्रिसा दाहाल | १ कांस्य |
देवकर नेपाल | १ स्वर्ण, १ कांस्य |









डिस्काका सचिव सेन्सी राज बराल ले भने:
“३० खेलाडीबाट २८ पदक जित्नु हाम्रो समुदायका लागि ठूलो उपलब्धि हो। अब हामी नेशनल च्याम्पियनसिपमा अझ बलियो तयारी गर्दैछौं।”
उनका अनुसार, केही एलिट डिभिजनका खेलाडी भने क्वाटर फाइनलमा नै रोकिए।
तर, नयाँ चुनौतीहरूलाई जित्ने दृढ इच्छाशक्ति रहेको स्पष्ट पारे।
आगामी कार्यक्रमहरू: DISKA Open 2025 र TESK Open
डिस्काले आगामी जुन ८, २०२५ मा DISKA Open Karate Championship 2025 को आयोजना गर्दैछ।
कार्यक्रम Zembo Shrine Auditorium, Harrisburg, PA मा हुनेछ।
अध्यक्ष बिश्वनाथ क्षेत्री ले पत्रकार सम्मेलनमा भने:
“यो प्रतिस्पर्धा डिस्का डोजोको मेहनत र अन्तर्राष्ट्रिय अनुभव प्रस्तुत गर्ने ठूलो मञ्च हुनेछ।”
टुर्नामेन्ट निर्देशक सोके रन राई ले थपे:
“हामी प्रतिस्पर्धीहरूलाई विश्वस्तरीय वातावरणमा प्रतिस्पर्धा गर्ने सुनौलो अवसर दिन चाहन्छौं।”
त्यसैगरी, Transamerica Association of Shito-Ryu Karate-Do ले पनि जुलाई १४-१५, २०२५ मा TESK Open Karate Championship Pennsylvania आयोजना गर्नेछ।
के अपेक्षा गर्न सकिन्छ?
- विभिन्न उमेर समूह र स्तरमा काटा र कुमुते स्पर्धा
- अमेरिका तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको व्यापक सहभागिता
- उच्चस्तरीय निर्णायकहरूद्वारा निष्पक्ष मूल्यांकन
- खेलकुद र अन्तर्राष्ट्रिय सम्पर्कको उत्कृष्ट संयोजन
डिस्का र टाक्स दोजोहरूले नेपाली भाषी भूटानी कराते समुदायलाई गौरवमय बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान सुदृढ बनाएको छ। अनुशासन, समर्पण र कडा मेहनतले अब हाम्रो समुदायको भविष्य अझ उज्यालो बनाउने बिश्वास प्रशिक्षक आन्नद सुब्बा र अन्या प्रशिक्षकहरूले देखेका छन् ।


