युवाहरूको मानसिक र सारीरीक स्वास्थ्य लाई ख्यालमा राख्दै कृयामाण फाउंडेशनले यहि मई (May) महिना देखि “हेरीस्बर्ग प्रीमीयर लिग” को आयोजना गर्दैछ। ८४ जना युवाको सहभागिता रहने त्यस खेलमा हेरीस्बर्ग वरपरबाट उल्लेखनीय उपस्थिति रहने जानकारी फ़ाउन्डेशनले दिएको छ। बिगत एक वर्षमा विभिन्न विधाको कार्यक्रम गर्दै आएको यस फाउंडेशनले यसपटक भने खेलकुदबाट युवाहरूले मानसिक र सारीरीक रूपमा सकारात्मक परिवर्तनको लाभ लिने र आत्महत्या मृत्यु दर पनि कम हुनसक्ने बताएको छ। कृयामाण फाउंडेशनका प्रमुख भरत तिम्सिना भन्नुहुन्छ “ सर्वप्रथम त लामोसमयदेखि विभिन्न संस्थाहरूसँग आबद्ध भएर हाम्रो समाज र समुदायहरुको हकहितका लागी सेवा गर्दैआउनुभएका तपाईंहरुलाई मेरो सम्मानस्वरूप नमस्कार छ।तपाईंहरुकै काम देखेर दुइचार कुरा सिक्ने मौका पाएको छु यसैमा खुशी लाग्छ। यसैगरेर आज यस Harrisburg Premier League को draft day को लागी जम्मा हुनुभएका मेरा खेलाडी साथी हरुलाई मेरो अन्तरह्रदयबाटै स्वागत अनि धन्यवाद छ”।
फाउन्डेशनले आफ्नो पहिलो वार्षिकोत्सव ह्यारीसबर्ग प्रिमियर लिग (HPL) खेलाडी ड्राफ्ट डे संग भव्य रुपमा सम्पन्न गर्यो। फाउन्डेशनले समाज कल्याण, मानसिक स्वास्थ्य र सांस्कृतिक संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ।
HPL केवल क्रिकेट लिग मात्र नभएर, समुदायलाई एकजुट गर्ने माध्यम हो। यसले खेलकुदमार्फत मानसिक स्वास्थ्य सचेतना, आत्महत्या रोकथाम र युवाहरूमा नेतृत्व क्षमता विकासमा योगदान गर्दैछ। उपस्थित खेलाडीहरूले छनोट कार्यक्रम उत्सुकताका साथ मनोरंजन लिए र हेरिस्बर्ग प्रीमियर लग लाई मनैदेखि हर्षउल्लासका साथ स्वागत गरे।
फाउन्डेशनका अध्यक्ष भरत तिम्सिनाले भने, “हाम्रो समुदायमा मानसिक स्वास्थ्य समस्याहरू छन्। भूटानी अमेरिकीहरूको आत्महत्या दर राष्ट्रिय औसतभन्दा दोब्बर छ। खेलकुदले युवाहरूलाई मानसिक रूपमा सशक्त बनाउन सक्छ।”
HPL का प्रबन्धकले भने, “यो लिगले स्थानीय युवा क्रिकेट खेलाडीहरूलाई प्रतिस्पर्धात्मक खेल्ने अवसर प्रदान गरिरहेको छ। साथै, मानसिक स्वास्थ्य सचेतनामा पनि योगदान पुर्याइरहेको छ।
कार्यक्रममा समाजसेवी, व्यवसायी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूको उपस्थिति थियो। प्रमुख अतिथिहरूमा रत्न गुरुङ, अमल थुलुङ राई, प्रकाश ढुंगाना, प्रजीत राणा, नेत्र आचार्य, जेएन दाहाल र विनय लुइँटेल थिए।
क्रियमान फाउन्डेशनको पहिलो वर्ष सामाजिक परिवर्तन र मानसिक स्वास्थ्यमा केन्द्रित कार्यक्रमहरू मार्फत सफल रह्यो। HPL को आयोजनाले युवाहरूलाई खेलकुदमा सहभागी गराउँदै मानसिक स्वास्थ्यका विषयमा सचेत गरायो। फाउन्डेशनले आगामी दिनमा पनि यस्ता प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।
HPL का मैनेजर र हेरीस्बर्ग क्रिकेट अलाईन्स् का लिडर सुक तामाङ् भन्नुहुन्छ, यो समूहले स्थानीय भुटानी-नेपाली क्रिकेट खेलाडीहरूलाईसंगठित गर्दै, प्रतियोगिता तथा खेलकुद विकासमा महत्त्वपूर्ण भूमिका खेल्दैआएको छ। #PlayForLife अभियानमार्फत, आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य संरक्षणका लागि खेलकुदलाई प्रभावकारी माध्यमकोरूपमा प्रयोग गरिँदैछ।
भरत तिम्सिना (CEO, Kriyanamana Foundation)