लोक गायक नविन कु. खड्काले एक पटक भूटान नेपालको झझ्ल्को दिलाएका छन् ।

0
1990

अर्जुन /जर्जिया,

गत शनिबार ०१.०५.२०१९ का दिन बेलुका भुटानीस् गुरुङ्ग सोसाइटी अफ जर्जियाले आयोजना गरेको तमु लोसार सांस्कृति समाजमा गायक नविन खड्काले पुरानो लोक भाकाको गितले सबैको मन छुएका छन् ।
त्यसैक्रममा खड्ककालाई अग्रज बाबा आमाले आशिष दिदै भन्नेकाछन् “टि भीमा लोक गित गाउने त नै होस् नानी भन्दै केहि रकम हात लगाएको खड्काले आफ्नो फेसबुकमा उद्रिक्त गरेका छन् ।”


आयोजक समितीका प्रमुख अगम गुरुङ्गले थपदै भनेका छन् की “आमा बाबाले अति खुशि हुदै आफ्नो पोल्टोको थैलीबाट चानचुने पैसा झिकेर दिएको देख्दाँ आफ्नो आङ्ग झिरिङ्ग भएको महशुस भएको ग्लोबल पोस्टलाइ जानकारी दिएका छन् । त्यस बेला गायक खड्काको पनि आँखा रसाएकोले सबै स्तब्ध भएका थियौ । ”


खड्काले आप्mनो महत्ब्यमा ं” लोक गितकै शैलीमा नमरि बाचे दैवले साचे अर्कौ साल भेट्ने बाचा गर्दै , बाबा आमा र आयोज कमिटीहरुलाइ मञ्चबाट विदाँ माग्दै फेरि भेट्ने आशा गरिका छन् । ”
मौलिक नेपाली लोक संस्कृतिको श्रेत्रमा अनुलनिय योगदान पुर्याएको भन्दै भुटनिस् गुरुङ्ग सोसाइटी अफ जर्जिय, अमेरिकाले खड्कालाई नेपाल सरकारको तर्फबाट जर्जिया राज्यका लागिा पर्यटन दुत महामहिम राजा घलेको हातबाट सम्मान पत्र यापन गराएको थियो ।


त्यसपछि खड्काले आफ्नो खुशी ब्यक्त गर्दै फेशबुकमा लेखेका छन्
मौलिक नेपाली लोक संस्कृतिको क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै भुटनिज गुरूङ सोसाइटी अफ जर्जिया, अमेरिकाले गुरूङ जातिको महान चाड तमु ल्होसार ( २०७५ को सुखद उपलक्षमा प्रदान गरेको सम्मान पत्र नेपाल सरकारको तर्फबाट जर्जिया राज्यका लागि पर्यटन दूत महामहिम राज घलेज्यूको हातबाट ग्रहण गर्दै)
कार्यक्रमका प्रमुख अतिथी पत्रकार प्रेम बनियाले पनि अति खुशि ब्यक्त गरेका छन् । बानियाले ब्यक्त गरेका महत्व्य उवाँको फेशबुकयुटुपबाट जस्ताको त्यस्तै ।

 

 

विदेशमा त मान्छेको जातै भाषासँस्कार, पहिचान नै भाषासँस्कार !

क्या, भव्य कार्यक्रम ! एक पटक नेपाल पुगेर धित मर्नेगरी घाँसीकुवाको पानी खाएजस्तो भयो ! जसको ‘धित’ त्यसैले मात्र मर्छ !

धेरै आभारी छु अगम गुरुङ र मनोज गुरुङसहित भुट्निज गुरुङ सोसाइटी अफ जर्जिया अनि सिगो समुदायप्रति जसले तमु ल्होसारको अवसरमा मलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्नुभयो र नेपाली भाषासँस्कारको एकदमै उत्कृष्ट नमुना कार्यक्रम प्रस्तुत गर्नुभयो ।

यो कार्यक्रम धेरै हिसावले मेरो जीवनमा महत्वपूर्ण भएर रह्यो ।
१, जीवनमा पहिलो पटक भाङ्ग्रा लाएर भन्न पाएँ ‘म नेपाल र नेपालीलाई मात्र होइन यसभन्दा परपर र वरवर रहेका सबैसबै नेपालीभाषीहरु, नेपाली सँस्कार र सभ्यताका पूजकहरुलाई सम्मान गरेर यो स्वाभिमानको निकै फराकिलो आयतनमा गौरब गर्दछु ।

२, नेपाली भाषासँस्कार र सभ्यतालाई जीवितै राखी पुस्ताहस्तान्तरण गर्नका लागि यो ‘सात समुद्रपारीको देश’मा तपाईंहरुले निर्वाह गर्दै आएको भूमिका संसारका अरु देशका अरु नागरिकहरुले गरेभन्दा असाध्यै उच्च लाग्नु र यसको खुलेर सम्मान गर्न पाउनु ।

३, नेपाली लोकसभ्यताका एक अग्ला व्यक्तित्व, अरुण उपत्यका साँस्कृतिक अनुसन्धान केन्द्रका सँस्थापक अध्यक्ष नवीन खड्कासँगको साक्षात्कार (जो मलाई थाहै थिएन उहाँ यतिधेरै गहिरो पनि हुनुहुन्छ भनेर) उहाँबाट अरुण उपत्यका, त्यसको बेग्लै लय र उहाँका खोजअनुसन्धानबारे थाहा पाउनु ।
४, जीवनमा पहिलोपटक अमेरिकामा आफ्नो भाषासँस्कारसँग जोडिएर यतिधेरै विशेष र ग्रामीण परिवेशका प्रस्तुतिहरु हेर्न पाउनु ।

५, अमेरिकामा नेपाली भाषाको कस्तो राम्रा र प्रतिभाशाली पुस्ता हुर्किरहेको रहेछ थाहा पाउनु ।

र, अरु पनि प्रशस्त कारणहरु जस्ले गर्दा यो कार्यक्रम कहिल्यै बिर्सिन नसक्ने भयो । धेरैधेरै आभारी छु आयोजकप्रति । तपाईहरुले दिनुभएको माया र सम्मानको बदलामा पक्कै म केही योगदानको तयारी गरिरहेको छु र पक्कै अर्पण गर्नेछु भाषासँस्कार र स्वाभिमानका खातिर ।
याे छाेटाे भिडियाे पनि हेर्नुहाेस्

उक्त कार्यक्रमा प्रमुख अतिथी पत्रकार प्रेम बनिया, विशेष अतिथी पर्यटन दुत महामहिम राजा घले, भुटानी समाजका डम्बर घले, मनिकला बस्नेत, बाहादुर सुब्बा, विकाश थुलुङ्ग लगायत अन्य अतिथीहरुको विशेष उपश्थिीती रहेको अगम गुरुङ्ग जानकारी दिएका छन् । अमेरिका लगायत विभिन्न राज्यहरुमा पनि यसैगरी गुरूङहरुले तामु लोहसार मनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here