तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न

0
933
केदार उप्रेती

 

 

 

तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ । उक्त् ग्लोबल नेपाली फिल्म अवार्ड र नेपाल फिल्म सोसाइटीले संयुक्तरुपमा आयोजना गरेको थियो । अमेरिकाको कोलोराडो स्थित डेनबर शहरमा शनिबार राती भव्य समारोह बीच सम्पन्न भएको हो ।

समारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड २०७४ को सफल ब्यवासाहिक फिल्म छक्का पञ्जा २ ले पाएको छ । यही चलचित्रकी निर्देशक दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड सो समारोहमा हाँसिल गरिन् । यस्तै सह-अभिनेताको अवार्ड पनि चलचित्र छक्का पञ्पजा २ बाटै जितु नेपालले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड पनि छक्का पञ्जा २ बाटै केदार घिमिरे (माग्ने बुढा)ले जिते । सर्वोत्कृष्ट छायाँकारको अवार्ड पनि चलचित्र छक्का पञ्जा २ बाटै पुरुषोत्तम प्रधानले हाँसिल गरेका छन् ।

प्रदीप खड्का

सो अवार्ड समारोहमा स्टार अफ द इयरको अवार्ड अभिनेता प्रदीप खड्काले हाँसिल गरेका छन् । उनको २०७४ मा प्रेम गीत २ र लिली बिली गरी दुबै फिल्म सफल भएको थियो ।

सो अवार्ड समारोहमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र पञ्चायतबाट निता ढुँगानाले चुमिन । उनले यही विधामा अन्य अवार्ड पनि यो वर्ष जितेकी छिन् । सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म भुईमान्छेबाट रमेश बुढाथोकीले प्राप्त गरेका छन् ।

निता ढुँगाना

कलाकार एवम् प्राविधिक बीच विभिन्न १२ विधामा ग्लोबल नेपाली फिल्म अवार्ड प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड चलचित्र कृबाट रुपा रानाले जितिन् ।

संगीत तर्फको अवार्ड चलचित्र ऐश्वर्यको तिमी रोएको पलले हाँसिल गरेको छ । यो गीतबाट अर्जुन पोखरेले वर्षको सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड र सुगम पोखरेलले वर्षको सर्वोत्कृष्ट चलचित्र गीत गायकको अवार्ड प्राप्त गरे । चलचित्र गीत गायिकाको अवार्ड चलचित्र पर्वको कले दाईबाट गायिका मिना निरौलाले हाँसिल गरिन् ।

हलिउडका निर्देशक ,कलाकार एभ क्रुजको प्रमुख आतिथ्यमा सम्पन्न सो अवार्ड समारोहमा यस पटक ३५ औं संस्करणको अभियान श्री अवार्डबाट हास्य अभिनेता नारायण त्रिपाठी, निर्देशक सूर्य बोहरा, निर्देशक शुरेश दर्पण पोख्रेल्  र खेलाडी यज्ञलाल श्रेष्ठलाई सम्मानित गरियो । उनीहरुको योगदानको कदरस्वरुप यो अवार्डबाट सम्मानित गरिएको अभियान श्रीका अध्यक्ष कृष्ण मल्लले बताए ।

From His Facebook A/c

दिवँगत दुई श्रष्टाको नाममा यही वर्ष स्थापना गरिएको श्री गजेन्द्र धिमाल स्मृति सम्मान २०१८ बाट निर्देशक सूर्य बोहरालाई र श्री रामकेशर बोगटी स्मृति सम्मान २०१८बाट अभिनेता बिक्रान्त बस्नेतलाई कार्यक्रममा सम्मनित गरियो ।

यस्तै सोही समारोहमा ग्लोबल नेपाली फिल्म स्पेशल अवार्डबाट अभिनेत गणेश उप्रेती, चलचित्र निर्देशक शैलेश आचार्य, गायक प्रेमराज महत र चलचित्र वितरक निर्माता मुकुन्द ढुँगानालाई सम्मानित गरियो ।

यस्तै ग्लोबल नेपाली फिल्म डायस्पोरा अवार्ड चलचित्र निर्देशक तर्फ श्याम भट्टराईलाई, अभिनेता तर्फ शुशिल क्षत्रीलाई र अभिनेत्री तर्फ सारँगा श्रेष्ठलाई, निर्माता तर्फ प्रेम पौडेल र वितरण तर्फ रायन रेजलाई प्रदान गरियो ।

Bikrant Basnet

नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउने नेपाली भुटानी कलाकारलाई प्रदान गरिने ग्लोबल नेपाली भुट्निज अवार्डबाट सो कार्यक्रममा केदार उप्रेती, हरि उप्रेती र दीपक गजमेरलाई सम्मानित गरियो । यी तिनैजना नेप्जिल भुटनिज कलाकार हुन् ।

विभिन्न सांस्कृतिक कार्यक्रम र नाच गान सहित सम्पन्न सो अवार्ड समारोहमा ग्लोबल नेपाली फिल्म स्पेश अवार्ड जसवन्त देब श्रेष्ठ (अमेरिका), इश्वरराज थापा (क्यानडा), बिक्रम जोशी (युके), स्मृति पोखरेल (अष्ट्रेलिया) र सुनिल रावल (नेपाल)लाई प्रदान गरियो ।

ग्लोबल नेपाली फिल्म अवार्डका तर्फबाट अवार्डका आयोजक नवराज श्रेष्ठ र नेपाली फिल्म सोसाईटीका तर्फबाट आयोजक अध्यक्ष कृष्ण मल्ल थिए । निर्माता मधुकुमार श्रेष्ठको संयोजनमा सम्पन्न सो अवार्डका सँरक्षक अभिनेता शिब श्रेष्ठ हुन् ।

अवार्डका लागि नेपालबाट कृष्ण मल्ल, शर्मिला मल्ल, मधुकुमार श्रेष्ठ, शिब श्रेष्ठ, तिर्थ थापा, नन्दकृष्ण जोशी, निता ढुँगाना, रुपा राना, रमेश बुढाथोकी, दिनेश डिसी, महादेब त्रिपाठीलगायतका सिनेकर्मीहरु अमेरिका पुगेका थिए ।

केदार उप्रेती

अमेरिकामा रहेका सबैजसो सिनेकर्मी र विभिन्न पेशामा आवद्ध नेपालीहरुको उपस्थितिमा अवार्ड सम्पन्न भएको आयोजक नवराज श्रेष्ठले बताए । कार्य्रक्रमको सन्चालन निर्देशक सुरेश दर्पण पोखरेल र मिस नेपाल क्यलिफोर्निया अनुशा कार्कीले गरेका थिए ।

अवार्डपछि धन्यवाद ज्ञापन गर्नबसेको कलकारहरुको टोलीले आयोजक नवराज श्रेष्ठको भन्ने प्रंशाम्स गरेका छन् । नेपाली चलचित्र र कलकारलाई विश्वभर फैलाएकोमा सबैले कृतज्ञाता र हौषला दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here