बरिष्ठ गीतकार लामालाई ‘जीएसएनएच अवार्ड अफ एक्सिलेन्स’ द्वारा सम्मान ।

0
1526

banner

न्यूह्यामसर। गुरुङ (तमु) समाज न्यूह्यामसरले बरिष्ठ गीतकार बुद्धवीर लामालाई सम्मान गरेको छ।

समाजले गुरुङ (तमु) ल्होछारको अवसरमा राज्यको मान्चेष्टर शहरमा आयोजित एक कार्यक्रमबीच लामालाई ‘जीएसएनएच अवार्ड अफ एक्सिलेन्स’ द्वारा सम्मान गरेको हो।

लामालाई न्यूह्यामसर गुरुङ समाजका अध्यक्ष शम्भू गुरुङ एवं न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले संयुक्त रुपमा गुरुङ जातिको पहिरन भ्याङ्ग्रा ओढाउँदै सम्मान पत्र हस्तान्तरण गरेका थिए। ‘मैले यो सम्मान मेरो व्यक्तिगत सम्मान हो भन्ने ठानेको छैन’ सम्मानपछि बोल्दै लामाले भने ‘यो सम्मान नेपाली गीतसंगीतप्रतिको सम्मान हो। डायस्पोरामा बसेपनि तपाईँहरुको नेपाली गीतसंगीतप्रतिको माया सम्मानयोग्य छ ।’

लामाले ‘चोली राम्रो पाल्पाली ढाकाको’, ‘हुम्ला जुम्ला गाडीमा कहिले जाने हो’, ‘सबै भन्दानी पैसै ठूलो छ’, ‘धेरैचोटी आँखा जुध्यो तर तिमी हाँसेनौं’, ‘खुट्टा तान्दै गर’ लगायतका सयौं कर्णप्रिय आधुनिक गीतहरुको रचना गरेका छन् भने ‘नेपाली हुँ राष्ट्रको गौरब बढाई देउ’, ‘बहादुर जति गोर्खाली’ लगायतका दर्जनौं राष्ट्रिय गानहरु छन्।

विं.सं. २०४० सालबाट सांगीतिक यात्रा आरम्भ गरेका गीतकार लामा नेपाली म्याराथुन धावक हुन् भने एक कुशल प्रशासकसमेत हुन्। नेपालको विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर सेवा गरिसकेका उनी हालै उपसचिव पदबाट सेवानिबृत्त भएका हुन्।

कार्यक्रममा गायक रोशन गुरुङले लामाद्वारा रचित ‘सबैभन्दानी पैसै ठूलो छ’ गीत गाएका थिए भने गायिक पविता परियार एवं गायक तिलक श्रेष्ठले पनि लामाकै गीतहरु गाएका थिए।

साभर http://www.dcnepal.com/honored-1.html?fbclid=IwAR0F9ToDItHXHxFQE2gOvobHXBJO_huWNg-cH1DPzx7mfbCjIOJL7wB4flM

धन्यबाद् :माधव गुरुङ, न्यूह्यामसर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here