पूर्बप्रधानमन्त्री तुलसी गिरीको निधन

0
810

३ पौष, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार निधन भएको छ । कलेजोको क्यान्सबाट पीडित गिरीको ९३ वर्षको उमेरमा बिहान  ६ बजेतिर  बूढानीलकण्ठस्थित  निवासमै निधन भएको हो । नेपाली राजनीतिमा लामो इतिहास बोकेका गिरी धनुषामा जन्मिएका थिए ।   वि. सं.२०१७ सालअघि कांग्रेस राजनीतिमा सक्रीय रहेका गिरी २०१७ साल पुष १ मा तत्कालीन राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरेपछि २०१९ देखि २०२१ सम्म मन्त्रिपरिषद अध्यक्ष बनेका बनेका थिए ।  २०३२ देखि २०३४ सम्म नेपालको प्रधानमन्त्री बनेका उनी २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रको शासन कालमा मन्त्रिपरिषद् उपाध्यक्ष बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here