भुटानी चलचित्रकर्मीहरुलाई सम्मान

0
1304


भुटानी मुलका नेपाली भाषी भुटानीहरुद्धारा निर्मित नेपाली कथानक चलचित्र ज्वालामुखी(1992/1993)का निर्मतालाइ लभ एण्ड सर्पाट फाउण्डेसनले ग्लोलब नेपाली चलचित्र, संगीत, सञ्चार तथा सामाजिक आवार्ड २०१८मा सम्मान गर्ने भएको छ ।

उक्त चलचित्रमा भुटानी नेपाली भाषीले सन् १९९० तक भोक्नुपरेको दुःख कष्ट्रलाइ समेटि बनाएको थियो । इतिहासलाइ संरक्षण गर्ने उद्देश्यले निर्माण भएको चलचित्रलाइ र निर्मताहरुलाइ पनि सम्मान गर्ने फाउण्डेसनका अध्यक्ष मनोज राईले बताउनु भयो ।
फाउण्डेसनले कलाकार तथा निर्मताहरुको खोजी कार्य गर्द अमेरिकाको नोर्थ क्यारोलिनामा तिन निर्मता हरुको नामावली भेटउन सफल रहेको बताएको छ ।

उवाँहरु मंगल सुब्बा, पुर्ण सुब्बा र सुकविर तामाङ्ग हुनुहुन्छ । यस चलचित्र नेपालको शरणार्थी शिविरहरुमा सन् १९९२ तिर छायाँकन भएको थियो । यस चलचित्र पछि भुटानीहरुले धेरै नेपाली कथाब्यथाहरुमा चलचित्र निमाण गरेका छन् । सुकविर तामाङ्गले पनि इतिहास कालखण्डमा आफु र आफ्नो समुहले राम्रो काम गरेको बताउदै खुशी ब्यक्त गर्नुभो ।
सो आवार्डमा झुपडीको जिन्दगी(2004/05), टुक्रीएको मुटु(2006/07), भाग्यको खेल(2007) आदि चलचित्रहरुका निमाता निदेशक तथा कलाकारहरुलाइ पनि खादा अर्पाण गरि सम्मान गरिने भएको छ ।

साथै पुर्नवाशपछि भुटानीहरुले निमार्ण गरिएको चलचित्र शुरुवात र भुल्ने पो हो की,देश खोज्दै जाँदा, शरणार्थीको कलाकारहरु लाइ पनि आवर्ड वितरण गर्ने कार्यक्रम राखिएको छ ।
उक्त कलाकारहरुको सम्मानका विषयमा ः”आफु फाउण्डेसनले गर्नेलागेको आवार्ड प्रति अतिनै सकारात्मक रहेको बताएका छन् ” युवा कलाकार तथा निदेशक केदर उप्रेती ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here