गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता

0
757
गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता
गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता

काठमाडौँ, २८ मंसिर । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग युरोपियन संघ (ईयु)का राजदुत भिरोनिका कोडीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा नेपालमा विपद् व्यवस्थापनको क्षेत्रमा युरोपियन संघको सहयोग र सहकार्यको विषयमा केन्द्रीत रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले भूकम्प लगायत नेपालमा बिभिन्न समयमा भएका विपद्का घटनामा संघले गरेको सहयोगका लागि धन्यवाद व्यक्तगर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने आशा व्यक्तगर्नुभयो ।

विपद् व्यवस्थापनका लागि अवाश्यक सामाग्री र दक्ष जनशक्तिको अभाव रहेको भन्दै त्यस्तो सामाग्री र तालिम संघबाट सहयोगको आफूहरुले अपेक्षा गरेको गृहमन्त्री थापाले बताउनुभयो ।

नेपाल विभिन्न किसिमका विपद्को जोखिममा रहेको विपद्को समयमा युवा, विद्यार्थी, नागरिक समाज, रेडक्रस लगायतका संघसंस्थालाई सहयोगमा काम गर्ने गरेको उहाँले बताउनुभयो ।

भेटमा राजदुत कोडीले सिमित स्रोत र साधनका वावजुद नेपालले विपद् व्यवस्थापनमा खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

उहाँले विपद व्यवस्थापनका लागि संघले नेपाललाई बिभिन्न किसिमका सहयोग गरीरहेको भन्दै थप सहयोग गर्न समेत आफूहरु तयार रहेको बताउनुभयो ।

भेटमा नेपाल र युरोपियन संघ आवद्ध मुलुकहरुबीचको सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा समेत छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here